नव वर्ष
२०७२ को पावन अवसरमा आम नेपाली दाजुभाई तथा दिदीबहिनीहरूको सुख, शान्ति, सु–स्वास्थ्य एवं समृद्धीका
लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । देशमा व्याप्त भ्रष्टाचार र
अनियमितता अन्त्य गरी सामाजिक न्याय स्थापित गर्न भ्रष्टाचारमुक्त समाज निर्माण
गर्ने कार्यमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले चालेका प्रत्येक कदमहरूमा
यहाँहरूको उत्साहजनक सहभागिता र सहकार्यका लागि हादिर्द आभार व्यक्त गर्दछु ।
निसन्देह, सम्पुर्ण
नेपाली दाजुभाई तथा दिदीबहिनीहरूको आशिर्वादपूर्ण सक्रिय सहभागिता र निरन्तर
सहकार्यले भ्रष्टाचारमुक्त समाज निर्माण सम्भव रहेको कुरामा दुईमत छैन ।
भ्रष्टाचारमुक्त समाज निर्माण गरी हरेक नेपाली जनताको मुहारमा हांसो ल्याउन आगामी
दिनहरूमा म पूर्ण हिम्मत, अठोट, र दृढ आत्मविश्वासका साथ
कार्यगर्ने प्रतिबद्धता समेत व्यक्त गर्दछु ।
लोकमान
सिंह कार्की
प्रमुख
आयुक्त
तथा
अख्तियार
दुरूपयोग अनुसन्धान आयोग परिवार
Comments
Post a Comment