सरकारले भोलि शुक्रबार सार्वजनिक बिदा दिने


अन्जना अर्याल
पी सी एन् ३वैशाख– पूर्वप्रधानमन्त्री तथा वरिष्ठ राजनीतिज्ञ सूर्यबहादुर थापाको निधनको शोकमा सरकारले भोलि शुक्रवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । उपचारको क्रममा भारतको मेदान्त अस्पतालमा थापाको निधन भएपछि उनको शोकमा सरकारले बिदा दिने निर्णय गरेको हो ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको  बैठकले भोलि सार्वजनिक विदा दिने निर्णय गरेको हो । बैठकले थापाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनको भोली शुक्रवार राजकीय सम्मानकासाथ अन्त्यष्टि गर्ने निर्णय समेत गरेको छ ।स्वर्गीय थापाको आज शब दिल्लीबाट स्वदेश ल्याइने र शबलाई मालिगाउँस्थित थापाको निवासमा राखिने सहप्रवक्ता किरण गरीले जानकारी दिए ।भोलि बिहानबाट अन्तिम श्रद्धान्जली सुरु हुनेछ भने बिहान १० बजेदेखि १ बजेसम्म पार्टी कार्यालयमा र १ बजेदेखि दशरथ रंगशालामा पाथिर्थ शरीर राखिनेछ । अपरान्ह चार बजे राजकीय सम्मानका साथ आर्यघाटमा दाहसंस्कार गरिने कार्यक्रम छ ।यसैबीच राप्रपाको आज बिहान बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले थापाको निधनमा १३ दिनसम्म शोक मनाउने निर्णय गरेको छ । ७ दिनसम्म पार्टीको झण्डा झुकाउने तथा १३ दिनसम्म पार्टीको कुनै औपचारिक कार्यक्रम नगर्ने र तेह्रौ दिनको तिथिमा ७५ जिल्लामा शोकसभा गर्ने राप्रपाले निर्णय गरेको हो ।थापाको बुधबार राती भारतको मेदान्त अस्पतालमा निधन भएको थियो ।

Comments