पाथिभरा हिमालयन पोलिटेक्निक इन्ष्टिच्यूट इटहरी सुनसरीले गोरखाका भुकम्प पीडितहरुका लागि २ लाख १४ हजार मुल्य बराबरका कपडा सहयोग ग—यो
पी सी एन्,१७वैशाख । पाथिभरा हिमालयन पोलिटेक्निक इन्ष्टिच्यूट इटहरी सुनसरीले गोरखाका भुकम्प पीडितहरुका लागि २ लाख १४ हजार मुल्य बराबरका कपडा राहत पठाएको छ ।
गोरखा जिल्लाका थुमी, आरुचनौटे, आरुआरवाङलगायत गाविसका भूकम्प पीडित महिला र बालबालिकाका लागि जिल्ला विपत उद्धार समिति मार्फत १हजार १सय ७७ थान कपडा पठाईएको प्रबन्ध निर्देशक कृष्ण शाहले जानकारी दिनुभयो ।
इन्ष्टिच्यूटले प्रदान गरेको राहत सामाग्री पूर्वाञ्चल क्षेत्रिय ट्राफिक कार्यालय इटहरी र गोरखा थुमी गाविसका भीमप्रसाद काभ्री मार्फत ढुवानीको व्यवस्था मिलाईको थियो । राहत सामाग्री ढुवानीमा सहयोग पुरयाएकोमा इन्ष्टिच्यूटले ट्राफिक र काभ्रीलाई विशेष धन्यवाद दिएको छ ।
शनिवारदेखि लगातार आएको विनासकारी महाभूकम्पले मुलुकमा पु¥याएको अपुरणीय जनधनको क्षतिप्रति पाथिभरा हिमालयन पोलिटेक्निक इन्ष्टिच्यूट इटहरी सुनसरीले गम्भीर दुःख व्यक्त गदै विनासकारी भूकम्पबाट ज्यान गुमाएकाहरुप्र्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ । साथै घाईतेहरु प्रति शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ ।
पाथिभरा हिमालयन पोलिटेक्निक इन्ष्टिच्युट इटहरी सामाजिक दायित्व बोकेको एक प्राईभेट कम्पनी हो । कम्पनीले विगत देखि नै दैवि प्रकोपमा सहयोग गदै आएको निर्देशक शाहले बताउनु भयो । यस अघि पनि संस्थाले रक्त संचार सेवा प्रणालीलाई कम्प्युटराईज(डाटा वेस) प्रणालीद्वारा व्यवस्थित गर्न कम्प्युटरसहित डाटावेस प्रणाली सुनसरी रेडक्रस सोसाईटीलाई पनि हस्तान्तरण गरेको थियो ।
Comments
Post a Comment