पी सी एन् ,१२ वैशाख । तत्काल मुलुकमा संकटकाल घोषणा गरेर अन्र्तराष्ट्रिय सहयोग आह्वान गर्न सरकारलाई दलहरुले सुझाव दिएका छन् ।
एमाले अध्यक्ष केपी ओलीले संकटको यो अकल्पनीय घडीमा पार्टीका सबै कार्यकर्तालाई आ आफ्नो गाउँ ठाउँमा उद्धार तथा राहतको कार्यमा जुट्न र पार्टीका सबै कार्यक्रम स्थगित गर्न निर्देशन दिएका छन् ।
नेपालमा भएको विनाशकारी भूकम्पको क्षतिप्रति भारतीय प्रधानमन्त्रीले चिन्ता व्यक्त गर्दै राष्ट्रपति रामवरण यादवलाई टेलिफोन सम्पर्क गरेका छन् । मोदीले नेपाली जनतामाथि भएको यो संकटको घडीमा भारत साथमा रहेको आश्वासन दिएका छन् । उनले प्रधानमन्त्री सुशील कोइरालासँग पनि सम्पर्क गर्न खोजिरहेको तर प्रधानमन्त्री नेपाल बाहिर रहेकाले सम्पर्क हुन नसकेको मोदीको सचिवालयले जनाएको छ ।यसैबीच भारतका बलिउड सुपरस्टार अमिताभ बच्चन र शाहरुख खानले पनि ट्वीटरमार्फत नेपालमा भएको मानवीय र भौतिक विनाशप्रति दुःख व्यक्त गर्दै नेपाली जनतालाई सघाउने काममा जुट्न आफ्ना समर्थकहरुलाई आह्वान गरेका छन् ।
Comments
Post a Comment