पी सी एन् ७ वैशाख । जिल्ला वन कार्यालय बर्दियाको आयोजना र प्रेस क्लब अफ नेपालको सहकार्यमा बर्दियामा २० औं वन्यजन्तु सप्ताह विविध कार्यक्रमका साथ मनाईएको छ । सरकारले वैशाख १देखि ७गतेसम्म वन्यजन्तु सप्ताह मनाउने गर्दछ ।
हाम्रो भविष्यका लागि वन्यजन्तु भन्ने मुल नाराका साथ अन्तरकृया कार्यक्रम गरि दिवस भनाईएको हो।
अन्तरकृया कार्यक्रमलाई सम्बोधन गर्दे सहायक वन अधिकृत श्यामबाबु लोपचनले वन्यजन्तु र वन्यजन्तु सप्ताहको महत्व र वन्यजन्तुको संरक्षणमा भए गरेका प्रयास बारे जानकारी गराउनु भएको थियो। उंहाले बर्दियामा बाघ,हाती र गैडा संरक्षणमा समुदायले पुरयाएको योगदानको चर्चा गर्दे वन्यजन्तु महत्व बारे युवा विधार्थी र समुदायमा सचेतना अभियान संचालन गर्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रम संचारकर्मी,सामुदायिक वनका पदाधिकारी,युवा , महिला तथा सरकारी अधिकारीहरुको उपस्थिति थियो।
Comments
Post a Comment