पी सी एन्,१८वैशाख । भुकम्प पीडितहरुको सहयोर्गाथ बर्दियामा बिहीबारसम्म ब्यतिm,राजनैतिक दल ,सरकारी गैर सरकारी निकायबाट ६लाख ३लहजार ९सय ६३ रुपिया प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भएको छ ।
एभरेष्ट बैंक लिमिटेडको ००१००१०५२००२७० र ००१०११०२२०००१२, नेपाल बैंक लि. काठमाण्डौ ००२९११९०५३३१३ र राष्टिय बाणिज्य बैंकको ११३०००३७६३०१ खाता नम्बरहरुमा सो रकम जम्मा गरिएको जिल्ला प्रशासन कार्यालय बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले जानकारी दिनुभएको छ।
जिल्ला प्रशासन कार्यालयका तर्फबाट २२हजार ३सय ४०,फाया नेपालका तर्फबाट ११हजार,जम्मा सानोश्रका टोलप्रसाद पोखरेलले १हजार ५सय,जिल्ला पशु सेवा कार्यालयका तर्फबाट ३१हजार ८सय,जिल्ला निर्वाचन कार्यालयका तर्फबाट ७हजार ३सय ५०,बबई सिचाईबाट ४९हजार ६सय ९४,कृषि सामाग्री कम्पनि लिमिटेडबाट २हजार १सय पचास,गुलरियानगरपालिकाबाट २६हजार १सय ७२,जिल्ला कृषि विकास कार्यालयबाछ १लाख ५हजार ८सय ७५,नेपाल कम्युनिष्ट पार्टाी एमालेबाट ११हजार ५सय ५५ रुंिपया जम्मा गरिएको छ जिल्ला प्रशासन कार्यालयले पी सी एन्लाई जनाएको छ।
यस्तै सचेत युवा समाज युवा नेतृत्व उपसमिति लायन्स क्लबबाट २१हजार ७सय ८,राप्ती भेरी विकास बैक लिमिटेडबाट ४हजार १सय ८६,कोष तथा लेखा नियन्त्रण कार्यालयबाट १२हजार २सय २१र सामुदाियक वन उपभोतmा महासंघबाट ११हजार रकम बैकमा जम्मा भएको छ ।
गुलरियाका भरतप्रसाद शर्माबाट ५हजार,नेपा निजामति कर्मचारी संघबाटबाट १५हजार ५सय ५५,भुमिसुधार कार्यालयबाट २३हजार १सय,दलित महिला उत्थानसंघ बाट १५हजार ५सय,पदनाह गाविस वडा नं ८का बाढि पीडितबाट १हलाख २सय ८६,पदनाहा बैरियाबाट २४हजार,मालपोत कार्यालयबाट ३९हजार सय ८७,घरेलु तथा साना उधोग कार्यालयबाट १९हजार ३सय ८४ र डिभीजन सहकारी कार्यालयबाट १६हजार ५सय रुपिया बैंक खातामा जम्मा भएको छ ।
राष्टिय बाणिज्य बैंक गुलरियाबाट ११हजार ९सय र सानोश्री ताराताल नगरपालिकाबाट १४हजार ४सय रुपिया दैवि प्रकोप उद्धार कोषमा जिल्ला प्रशासनको पहलमा जम्मा भएको सहायक प्रमुख जिल्ला अधिकारी एकदेब अधिकारीले पी सी एन्लाई बताउनु भयो ।
Comments
Post a Comment