पी सी एन्,९वैशाख । निर्माण व्यवसायी संघ बर्दियाका अध्यक्ष अनिल के सी ले निर्माण व्यवसायीका पक्षमा बर्तमान सरकार नदेखिएको बताउनु भएको छ ।
प्रेस क्लब अफ नेपाल पी सी एन्का अध्यक्ष यम घिमिरेसंगको साक्षात्कारमा अध्यक्ष के सीले नेपाल विकासमा निर्माण व्यवसायीहरुको योगदान महत्वपुर्ण रहे पनि सरकारको नीति,व्यवहार, कार्यशैलीका कारण निर्माण व्यवसायीहरुले सरकारी निकाय र स्थानीयहरुबाट अनेकौ बाधा,व्यवधानहरुको सामना गर्नु परिरहेको जिकीर गर्नुभयो ।
निर्माण व्यवसायीहरुले काम गर्न खोज्दा सरोकार नभएका ब्यतिm र निकायले अनावश्यक हस्तक्षेप गर्ने र समयमै गुणस्तरीय काम गर्दा पनि भुतmानी दिनमा सरकारी निकायबाट अनावश्यक ढिलासुस्ती गर्ने कार्यले पनि आफुहरु मारमा परेको बताए।
जस्तोसुकै कठिन परिस्थितीमा पनि आफु भने निर्माण व्यवसायीहरुको हक हितका लागि काम गर्ने बताउदै अध्यक्ष के सीले निर्माण कार्य गर्दा सदैव गुणस्तरमा ध्यान दिन निर्माण व्यवसायीहरुलाई आग्रह गर्नुभयो ।
बर्दियाको विकासका लागि नदी नियन्त्रण कार्य नै प्रमुख प्राथमिकतामा राख्न सरकारसंग आग्रह गर्दे के सी सडक,जल उत्पन्न,शहरी विकास,सिचाईको सब डिभीजन कार्यालय बर्दियामा नै राख्न सरकारसंग मांग गर्नुभएको छ ।
सडक,सिचाई,जलउत्पन्न,भवनको डिभीजन कार्यालय नेपालगंजमा रहेकाले निर्माण व्यवसायीहरुलाई कामका सिलसिलसिलामा त्यहां जान र सम्बन्धित कार्यालयका प्राविधकलाई बर्दिया आएर काम गर्दा समस्या उत्पन्न भएको उंहाको भनाई थियो ।
एक प्रसंगमा के सीले बबई नदी नियन्त्रणका लागि छुटयाईएको बजेट अपर्याप्त भएकाले थप बजेट छुटयाई नदी कटानबाट सदरमुकाम गुलरियालाई बचाउन सरकारसंग आग्रह समेत गर्नुभएको छ ।
Comments
Post a Comment