पी सी एन्,१३वैशाख। विनाशकारी भूकम्प गएको २४ घन्टापछि काठमाडौंको गोंगबुस्थित पर्वत गेष्ट हाउसबाट १६ वर्षीय राणको जिवितै उद्दार गरिएको छ । झण्डै १० घन्टाको प्रयासपछि उनलाई जिवितै उद्दार गर्न सकिएको सशस्त्र प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ । उनलाई उपचारका लागि अस्पताल लगिएको छ । शनिबार दिनभर उनी भत्नावशेषमा थुनिए । आइतबार विहान उक्त भवनमा एक किशोर पुरिएको खबर आएपछि सशस्त्र प्रहरीको टोली गएको छ ।सशस्त्रको विपत उद्दार डेक्सको टोली गयो । टोलीले थप सहयोग चाहिने भएपछि रेस्क्यु टीम समेत पुगेको थियो । सशस्त्र प्रहरीसहितका सुरक्षा निकायको सहयोगमा घरको ढलान समेत काटेर राणाको उद्दार गरिएको छ ।
Comments
Post a Comment