क्षितिज पौडेल
पी सी एन्,२८चैत्र ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (अनेरास्वबियु) बर्दियाको आज १८ औ जिल्ला अधिबेशन बाँसगढी नगरपालीका वाड नम्बर ६ काकौरामा सम्पन्न भएको छ । भेलाबाट जितबहादुर रोकायको अध्यक्षतामा २८ सदस्सीय सर्बसहमत रुपमा नयाँ कार्यसमिति पनि चयन गरेको छ । जसमा उपाध्यक्ष महेन्द्र पङगेनी, सचिबमा प्रकाश पौडेल, उपसचिबमा कृष्णप्रसाद अर्चाय, सिर्जना अधिकारी, इन्दीरा चापागाँई, कोषध्यक्ष बिश्वाश अधिकारी लगाएत बाँकी सदस्य रहेका छन् ।
संघिय लोकतान्त्रीक गणतन्त्रका उपलब्धलिाई संस्थागत गरौ, जनमुखि सबिधानमा शिक्षाको सुनिश्चितताकालागी देश भरीका सम्पुर्ण प्रगतीशिल जनबादी बिद्यार्थीहरु एक जुठ हौँ भन्ने मुल नारा सहित हिजो देखि शुरु भएको अधिबेशन आज सम्पन्न भएको हो ।
Comments
Post a Comment