जमुना बडुवाल
पी सी एन्,१० वैशाख। सार्क राष्ट्र स्तरमा काम गरिरहेको संस्था प्रकृति मानव केन्द्रित जनअभियानको बर्दिया ईकाई गठन गरिएको छ।
स्थानीय समाजसेवी एंव राजनैतिककर्मी मेघनाथ अधिकारीको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा अयोध्याप्रसाद श्रीवास्तव,सचिवमा विष्णु तिमल्सिना,कोषाध्यक्षमा ईन्दिरा सुवेदी र सदस्यहरुमा दयाराम खड्का,काशीराम चौधरी,समीक्षा अधिकारी रहनु भएको छ।
सम्पुर्ण देश,जिल्लालाई ईकाईको रुपमा मान्ने सो संस्थाले आगामी जेठ २५देखि २७गतेसम्म भारतको जम्मुमा प्रकृति सम्मेलन आयोजना गर्न लागेकोले ईच्छुकहरुलाई तत्काल सम्पर्क गर्न बैठकले आव्हान गरेको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।
Comments
Post a Comment