पी सी एन्, ६वैशाख । नेपाली कांग्रेसको भातृसंस्था नेपाल विद्यार्थी संघको ४५ औं स्थापना देशभर विविध कार्यक्रमका साथ मनाईदैछ। दिवसको अवसरमा आईतवार बिहान राजधानीको बिश्व भाषा क्यापसबाट प्रभात फेरि र साइकल –याली निकालिएको
छ ।प्रभातफेरिको उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले सुरुवात गर्नुभएको थियो ।उहाले संबिधान निर्माणलगायतका विषयमा सशक्त भूमिका खेल्न संघ सफल होस् भन्ने शुभकामना दिनुभयो।नेवि संघले स्थापना दिवसको अवसरमा आज देशका विभिन्न क्याम्पसहरुमा रक्तदान र सरसफाई कार्यक्रम आयोजना गरिएको छ ।
नेपाल विद्यार्थी संघ बर्दियालेपनि शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरि स्थापना दिवस मनाएको छ । बबई बहुमुखी क्याम्पसमा आयोजना गरिएको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस बर्दियाका सचिव तेजबहादुर भाटले लोकतन्त्रको स्थापनामा महत्वपुर्ण भुमिका खेलेको संघले संविधान निर्माण र लोकतन्त्रका संस्थागत विकासमा खबरदारी गर्नुपर्ने बताउनु भएको छ।नेपालको हरेक प्रजातान्त्रिक आन्दोलनहरुमा विधार्थीहरु
को भुमिका महत्वपुर्ण रहेको भएपनि शिक्षा क्षेत्रलाई गुणस्तरीय सर्वसुलभ र निःशुल्क गराउन सरकारले धेरै काम गर्न बांकी रहेको प्रष्ट पार्नुभयो ।
नेपाल विद्यार्थी संघका जिल्ला कार्य समिति बर्दियाका अध्यक्ष शोभाकान्त पौडेलको अध्यक्षतामा सम्पन्न शुभकामना आदानप्रदान कार्यक्रमलाई प्राध्यापक संघका सभापति राजेन्द्रप्रसाद धिताल,क्याम्पस प्रमुख बिनोद अग्रवाल ,कानुन व्यवसायी परिषद्का केन्द्रिय पार्षद बीरबहादुर रोकाय लगायतले सम्बोधन गर्नुभएको थियो ।
यता शुल्क बृद्धिको बिरोधमा संयुतm बिद्यार्थी आन्दोलनका तर्फबाट आईतबार बिहान १० बजेदेखि ११बजेसम्म सबै जिल्लाका जिल्ला शिक्षा कार्यालयहरुमा धर्ना दिएको ने वि संघका प्रवतmा यु पी लामिछानेले बताउनु भयो ।
Comments
Post a Comment