सेनाले खोजी तथा उद्धार कार्यलाई तिव्र बनायो


पी सी एन्,१३वैशाख । जंगी अड्डाको भवन पूरानो भएकाले भवन बाहिरैबाट सेनाले आफ्नो काम गरिरहेको छ । नेपाली सेनाले महाभूकम्पबाट प्रभावितहरुको उद्धारमा आफ्नो ९० प्रतिशत फौज खटाइएको जनाएको छ । सेनाले पैदल, हवाईमार्गबाट उद्धार खोजी तथा उद्धार कार्यलाई तिव्र बनाएको बताएको छ । उद्धारसागै स्वास्थ्य सेवा पनि सेनाले दिएको छ ।
हामीले ठूलो प्राकृतिक प्रकोपको सामना गर्नु परेको छ, सैनिक प्रवक्ता जर्नेल जगदिशचन्द्र पोखरेलले भने ब्यारेकमा आवश्यक पर्ने कम्ती जनशक्ति राखेर सबैलाई उद्धारमा खटाएका छौं ।
भूकम्पमा भएको क्षतिमा नेपाली सेनाले पनि आफ्नो ६ जना सदस्यलाई गुमाएको पोखरेलले बताए । विभिन्न ब्यारेकमा भएको क्षतिमा उनीहरुले ज्यान गुमाएको सेनाले जनाएको छ । १ सुबेदार, १ जना प्राविधिक हुद्दा र ४ जना सिपाहीको मृत्यू भएको सेनाले बताएपनि उनीहरुको नाम र कार्यरत स्थान खुलाएको छैन।

Comments