सचेतना , जिल्ला वनको प्रभावकारी अनुगमन र समुहरुको सचेतनाका कारण यस बर्ष बर्दियामा वन डढेलोको समस्या हालसम्म नदेखिएको सहायक वन अधिकृत लोपचनको भनाई


उर्मीला चौधरी
पी सी एन्,६वैशाख । सचेतना , जिल्ला वनको प्रभावकारी अनुगमन र समुहरुको सचेतनाका कारण यस बर्ष बर्दियामा वन डढेलोको समस्या हालसम्म देखिएको छैन् ।
सहायक वन अधिकृत श्यामबाबु लोपचनका अनुसार वन डढेलो नियन्त्रणका लागि रेडियोबाट जिंगल प्रसारण गरिएको छ भने सार्वजिक स्थलमा पर्चा,पोष्र पम्फिलेट समेत टासिएकोले वन डढेलो नियन्त्रणका लागि आम समुदाय सचेत छन् ।
वन डढेलो नियन्त्रणका लागि जिल्ला वन कार्यालयले अग्नी रेखा निर्माण गर्न र अग्नी रेखालाई सफा राख्न निर्देशन पनि दिएको छ ।यस्तै जाईकाको सहयोगमा प्राप्त पानी टयांकी,पाईप,जे सुटर र ग्यांस सिलिण्डर लगायतका अग्नी नियन्त्रण उपकरण समेत कार्यालयले समुहलाई वितरण गरेको अधिकृत लोपचनले बताउनु भयो ।उंहाले वन डढेलो नियन्त्रण लागि एक दुई जना कर्मचारी समेत राख्ने कार्यालयको सोच रहेको छ ।
पी सी एन्संग कुराकानी गर्दे सहायक वन जिल्ला वनलोपचनले  डढेलो नियन्त्रण सम्बन्धि जनचेतना जगाउने खालका समाचार र सुचना सम्प्रेषण गर्न संचारकर्मीबाट सहयोगको अपेक्षा राखेको बताउनु भयो । उहाले  डढेलो नियन्त्रणमा स्थानीय संचारमाध्यमको भुमिका महत्वपुर्ण रहने पनि बताउनु भयो । वनमा सहायक वन अधिकृत लोपचनले वनमा आगो लगाउने जो कोहीलाई पनि वन नियम अनुसार कारबाही हुने प्रतिबद्धता ब्यतm गर्नुभयो ।
सुक्खा मौसमा हुन सक्ने आगलागिलाई मध्यनजर गर्दे  जिल्ला वन कार्यालयले वन डढेलो प्रतिरोध पुर्व तयारी तथा नियन्त्रण सम्बन्धी कार्ययोजना निर्माण गरेको पनि सहायक विन अधिकृत लोपचनले बताउनु भयो ।
नेपालमा मानवीय कारणले ९९ प्रतिशत वन डढेलो हुने गरेको बताउदै यसलाई रोक्न समुदायलाई सचेत बनाउनु पर्ने बताउदै उंहाले वन डढेलो नियन्त्रणका लागि सामुदायिक वनका पदाधिकारीहरुले पनि गर्मीयामभरी वन क्षेत्रमा कडा निगरानी राख्न निर्देशन पनि दिनुभयो ।सहायक वन अधिकृत लोपचनले वन क्षेत्रमा जाँदा अग्नीजन्य सामान लिएर नजान पनि सबैमा आग्रह गर्नुभएको छ । वन डढेलोको दृष्टिले जोखिमपुर्ण मानिएका राष्टिय निकुञ्जसंग जोडिएका वनक्षेत्रहरु,मगरागाडि क्षेत्रका वनहरु र सानोश्री र मुनाल वस्तीका वनहरुमा डढेलो लाग्न नदिन विशेष सर्तकर्ता अपनाईएको छ ।

चैत्र,वैशाख र जेठ महिना वन डढेलो लाग्ने संभावना बढि भएकाले समुदाय,ब्यतिm,स्थानीय संघसंस्था सबै सचेत हुनुपर्ने सहायक वन अधिकृत लोपचनको भनाई छ ।

Comments