पूर्वप्रधानमन्त्री तथा राप्रपाका निवर्तमान अध्यक्ष सूर्यबहादुर थापाको उपाचारका क्रममा भारतमा निधन


भगवति लामिछाने

पी सी एन्,३ वैशाख । पांच पटक नेपालका प्रधानमन्त्री भएका पूर्वप्रधानमन्त्री तथा राप्रपाका निवर्तमान अध्यक्ष सूर्यबहादुर थापाको उपाचारका क्रममा भारतमा निधन भएको छ ।  थापाको मेदान्त अस्पतालमा उपचारका क्रममा बुधबार मध्यराती निधन भएको हो ।श्वास प्रश्वासमा समस्या भएपछि थापालाई भेन्टिलेटरमा राखिएको थियो । गत चैत ५ गते आफ्नो ८८ औं जन्म दिन मनाएका थापा चैत १६ गते उपचारका लागि दिल्ली गएका थिए । ८८ बर्षीय थापा केही समयदेखि मुटु, श्वासप्रश्वाससम्ब
न्धिको रोगबाट पीडित थिए  ।थापाको अस्ति शुक्रबार आन्द्राको सफल सल्यक्रिया भएको थियो । डाक्टरहरूले १५ दिन अस्पतालमा बस्नु पर्ने बताएका भएपनि बुधबार साँझ श्वासप्रवासमा समस्या बढेपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो । धनकुटाको मुगामा जन्मिएका थापा २०१५ सालमा राजा महेन्द्रले संसदको निर्वाचन घोषणा गरेपछि गठित सल्लाहकार सभामा अध्यक्ष थिए ।
पछिल्लो पटक उनी शाही कालमा प्रधानमन्त्री भएका थिए । थापाका छोरा सुनिल थापा बाणिज्य मन्त्री छन्  । उनी बाबुलाई लिएर उपचारका लागि दिल्ली गएका थिए ।
यसैबीच वरिष्ठ नेताको निधनको शोकमा परेको राप्रपाले बिहीबार बिहान पार्टीको बैठक बोलाएको  राप्रपाका सहायक प्रवक्ता किरण गिरीले जानकारी दिए ।

Comments