क्षितिज पौडेल
पी सी एन्,११ वैशाख । प्रेस क्लब अफ नेपाल पी सी एन् का केन्द्रिय अध्यक्ष यम घिमिरेले शान्ति,विकास, समझदारी पारस्परिक सम्मान ,सहयोग,स्वतन्त्रता ,समानता , मौलिक हक र कानुनी शासन लगायतका प्रजातान्त्रिक संरचना र मान्यतालाई मजबुत बनाउनसंचार माध्यमले महत्वुपुर्ण भुमिका खेलेको भन्दै मोफसलका स्थानीय संचार माध्यमको संरक्षण र विकासका लागि विशेष नीति ,बजेट र कार्यक्रम ल्याउन सरकारसंग मांग गर्नुभएको छ। साथै यस घडिमा स्थानीय संचारमाध्यमहरुले आपसी एकता समझदारी र सहकार्य बढाएर लैजानुपर्ने पनि बताउनु भएको छ ।
लोकतन्त्र दिवसको उपलक्ष्यमा शुभकामना सन्देश दिदै घिमिरेले लोकतन्त्रको स्थापना र विकास विस्तारमा संचार माध्यमले खेलेको भुमिका महत्वुपर्ण भएपनि सरकाले मोफसलका संचार माध्यम र संचारकर्मीको पेशागत तथा भौतिक सुरक्षामा धेरै काम गर्न बांकी रहेको बताउनु भएको छ ।उंहाले सरकारले संचार माध्यमको विकासको लागि विशेष नीति ,बजेट र कार्यक्रम ल्याउन जरुरी रहेको जिकीर गर्नुभयो ।
आपसी सहमति र सहकार्यमा समयमै लोकतान्त्रिक संविधान निर्माण गरि लोकतन्त्रको संस्थागत विकासमा लाग्न सरकार,राजनैतिक दल एंव सभासद् सबैमा आवहान गर्नुभएको छ ।मुलुकमा लोकतन्त्र स्थापना गरि जनतालाई सार्वभौमसम्पन्न नागरिकका रुपमा स्थापित गर्न शहिददहरुले लिएको आर्दश तथा त्यागलाई संझना गर्दे आपसी मतभेद त्यागी सहमति र सहकार्यमा २०७२साल फागुन ७ गते लोकतान्त्रिक संविधान जारी गर्न उहाले सबैमा आग्रह गर्नुुभयो ।
शुभ कामना सन्देशमा अध्यक्ष घिमिरेले तत्काल स्थानीय निकायको निर्वाचन गरि स्थानीय तहमा जनप्रतिनिधीमुलक व्यवस्था कायम गर्न समेत सबैमा आग्रह समेत गर्नुुभएको छ । लोकतन्त्र दिवस २०७२को अवसरमा शुभकामना सन्देश प्रेषित गरि शान्ति,विकास, समझदारी पारस्परिक सम्मान ,सहयोग,स्वतन्त्रता ,समानता , मौलिक हक र कानुनी शासन लगायतका प्रजातान्त्रिक संरचना र मान्यतालाई मजबुत बनाउन संचार माध्यमले महत्वुपुर्ण भुमिका खेलेको भन्दै उहांले आपसी सहमति र सहकार्यमा समयमै लोकतान्त्रिक संविधान निर्माण गरि लोकतन्त्रको संस्थागत विकासमा लाग्न सरकार,राजनैतिक दल एंव सभासद् सबैमा आवहान गर्नुभएको छ । राजनीतिक स्थायीत्व कायम गर्दे देशलाई आर्थिक,सामाजिक,सांस्कृतिक रुपले रुपान्तरण गरि सम्पुर्ण रुपले समृदशाली नेपाल निर्माण गर्न सकेमा मात्र नेपालको प्रजातन्त्र सफल भएको मानिने बताउदै सन्देशमा प्रेस क्लब अफ नेपालका अध्यक्ष घिमिरेले राष्ट्रियता,प्रजातन्त्र,समाजवाद,पत्रकारिताको व्यवसायिक विकास,प्रेस स्वतन्त्रता,मानव अधिकार,सुशासन,स्थानीय विकास,प्रकृति संरक्षण र पर्यटन प्रर्वद्धनमा प्रेस क्लब अफ नेपाल पी सी एन्ले आगामी दिनमा अझ बढि प्रभावकारी र रचनात्मक कार्यक्रम संचालन गर्ने स्पष्ट पार्नुभएको छ ।
शान्ति ,स्थायित्व ,मिडिया र लोकतन्त्रको संस्थागत विकासका लागि सबैको हातेमालो जरुरी रहेको जनाउदै अध्यक्ष घिमिरेले संविधान सभाको रुपमा संविधान बनाउने काममा र संसदको रुपमा नेपाललाई १०बर्षभित्रै समृद्धशाली बनाउन सिचाई,जलविद्युत,सुकुम्वासी ,मुतm कमैया र भुमिहीनको बैज्ञानिक व्यवस्थापन,युवाका निम्ती प्राविधिक सिप,ऋृण अनुदान र रोजगारी सम्बन्धि , वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने ,गांउ गांउमा पक्की सडक र पुलको व्यवस्था , कृषि र पशु उत्पादकत्व बृदि र पर्यटन व्यापारका महत्वपुर्ण नीति तथा कार्यक्रम र संचार,यातायात, शिक्षा ,स्वास्थ्य ,जलविधुत सरकारको जिम्मेवारीमा रहने १० बर्षे नेपाल विकास कार्यक्रम अघि सार्न सरकारसंग आग्रह पनि गर्नुभएको छ।
Comments
Post a Comment