सामुदायिक मेलमिलाप केन्द्रको कार्यालय उद्घघाटन ।

पि सि एन १,६वैशाख
क्षितिज पौडेल,बर्दिया
राजापुर नगरपालीकाको साबिक मानपुर टपरा गाबिसमा आज सामुदायिक मेलमिलाप केन्द्रको कार्यालय  उद्घघाटन गरिएको छ । कानुन अन्बेषण तथा स्रोत बिकास केन्द्र सेल्ड बर्दियाद्धारा गठन गरिएको मेलमिलाप समितिको कार्यालय आज एक कार्यक्रमका बिच उद्घाटन गरिएको हो । सामुदायमा रहेका देवानी प्रकृतीका बिबाद तथा साना तिना गाँउघरमा हुने सानआली, कुलापानी, बस्तु चौपायाले बाली खाईदिएको लगायतका बिबादहरु मेलमिलापको प्रक्रियाबाट बिबाद मिलाउने उदेश्यले सेल्डले मेलमिलाप समिति गठन गर्दै आएको छ । सेल्ड बर्दियाका कार्यक्रम संयोजक गोबिन्द्र प्रसाद लामिछानेको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अथिति राजापुर नगरपालीकाका कार्यकारी अधिकृत दानबहादुर एरी रहनु भएको थियो । त्यस्तै अथितिहरुमा राजनितिका दलका प्रतिनिधिहरु, समाजसेबी, बुद्धिजिवी, शिक्षक लगायत गरी करिब ५६ जनाको सहभागीता रहेको थियो । आज कार्यालय उद्घाटन गरिएको मेलमिलाप केन्द्रले भोली देखि आफ्ना कामहरु नियमित सञ्चालन गर्ने केन्द्रका संयोजक युगलकिसोर चौधरीले जानकारी गराउनु भएको छ । 

Comments