पत्रकार धम्काउने सामुदायिक विकास संस्थाका उपाध्यक्षले माफी मागे


पी सी एन् ,२वैशाख । पत्रकार निर्मल घिमिरेलाई भौतिक आक्रमणको धम्कि दिने सामुदायिक बिकास संस्थाका उपाध्यक्ष नारायण गुरुङले सार्वजनिक रुपमा माफी मागेका छन् । सामुदायिक बिकास सस्थाका उपाध्यक्ष नारायण गुरुङले संचारकर्मीलाई धम्की दिने गलत कार्य नदोहरयाउने भन्दै नागरिक दैनिकका संवाददाता घिमिरेसंग माफी मागेका हुन । 
चैत ३० गते नागरिकमा प्रकाशित बाढीपिडितसँग रकम असुल’ भन्ने समाचारको बिरोधमा संचारकर्मीहरु बिरुद्ध नाराबाजी गर्दे हिडेका गुरुङले जिल्ला प्रहरी कार्यालय परिसरमा प्रहरी,संचारकर्मीहरुको रोहवरमा घिमिरेसंग माफि मागेका हुन। गुरुंगले बाढीपीडितलाई निशुःल्क बितरण गर्नुपर्ने टिन रकम लिएर  बितरण  गरेकोमा पनि गल्ती स्वीकारेका छन् ।
अनियमितकाको विषयमा समाचार लेख्ने पत्रकार घिमिरेलाई भौतिक कारबाही गर्ने धम्की दिएका गुंरुगलाई कारवाही गर्न नेपाल पत्रकार महासंघ र संचारसम्बद्ध संस्थाहरुले चौतर्फी दवाब दिएपछि प्रहरीले आज बुधबार बिहान गुरुङलाई नियन्त्रणमा लिएको थियो ।  म नागरिक वडामन्चको संयोजक पनि हु सामुदायिक भवन निर्माण गर्न बाढीपिडितसँग  दिदि बहिनीहरुले  रकम उठाएका छन्् ःजिल्ला प्रहरी कार्यालय परिसरमा उनले भने  । उनी अध्यक्ष रहेको वडा नागरिक मन्चले ५ सय ३० रुपैया र एउटा टिन समुदायिक संस्थाको भवन निर्माणका लागी लिईरहेको उनले वताए । समाचार प्रकासित भएपछि दातृसंस्था हेफर नेपालले गरेको अनुगमनमा बाढी पिडितसँग रकम असुल गरेको भेटिएको वताएको छ । उनले आईन्दादेखि अब पत्रकार धम्काउँने र भौतिक कारबाही गर्नेे अमानविय गतिबिधि नगर्ने लिखित कागज गरेका छन् ।  गुरुंगले गल्ती स्वीकारेकाले पहिलो पटकलाई माफी दिईएको नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष मिनराज शर्माले वताए । महासंघका निर्वतमान सचिब  कृष्ण भन्डारीले हचुवाको भरमा संचारकर्मीलाई धम्की दिनु निन्दनीय कार्य भएको र अब गल्ती नदोहराउन  सुझाब दिए ।

Comments