स्वास्थ्य र सरसफाईलाई दिगो बनाउन सभासद् ढकालको सुझाव


क्षितिज पौडेल
पि.सि.एन ,२९चैत्र । सबिधानसभा सदस्य श्यामप्रसाद ढकालले स्वास्थ्य र सरसफाईमा सरकारी र गैर सरकारी संघसंस्थाहरुले गरेको काम प्रभावकारी नभएको भन्दै ल
गानी बढाई दिगो र प्रभावकारी काम गर्नुृपर्ने बताउनु भएको छ ।
 बाँसगढी नगरपालीकालाई  खुल्लादिशामुक्त नगरपालिका घोेषणा गर्ने कार्यक्रमलाई बर्दियामा सम्बोधन गर्दे सभासद ढकालले स्वास्थ्य र सरसफाईलाई दिगो बनाउन आगामी दिनमा अझ बढी नीति, बजेट तथा कार्यक्रम ल्याउनु पर्ने बताउनु भयो। स्वास्थ्य र सरसफाईमा क्षेत्रमा भएको काममा आगामी दिनमा आफुले अझ बढि अनुगमन गर्ने बताउदै सभासद् ढकालले खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्न महिलाहरुहरु
देखाएको सक्रियताको प्रशंसा गर्नुभयो ।
एक अर्को प्रसङगमा  सभासद ढकालले १ सय २३ जातजाति रहेको नेपालमा जातिय राज्य कायम राख्न नसकिन प्रष्ट पार्दे  र सभासद् लगायतको गल्तीका कारण ४ बर्ष बितिसक्दा पनि संविधान बन्न नसकेको बताउनु भयो ।
सबिधानका अन्तरबस्तुमा धेरै कुरा मिलीसकेको बताउदै उंहाले संघीयताका विषयमा ५ ओटा जिल्लामा मात्रै कुरा नमिलेकोले धारणा राख्नु भयो ।
सभासद ढकालले सहमतिमा आई सबिधान बनाएर देशलाई विखण्डन र बिग्रन बाट बचाउन मधेशी दल लगायत सबैलाई आग्रह गर्नु भयो ।
प्रमुख जिल्ला अधिकारी बिनोदबहादुर कँुवरले बर्दिया जिल्लालाई तराईकै पहिलो खुलादिशामुतm जिल्ला घोषणा गरि उदाहरणीय काम गर्न लागिएको बताउनु भयो । उहाँले खुल्ला दिशामुक्त क्षेत्र नभई जिल्लालाई  मध्यपान तथा धुम्रपान लगायत खराव कुराहरु निशेधित जिल्ला घोषणा गराउनु पर्ने कुरामा जोड दिनु भयो ।
खानेपानी तथा सरसफाई समन्वय समितिका सदस्य सचिव शुरेसकुमार रेग्मीले साबिक मोतिपुर, डेउडाकला र बेलवा गाविसका ११ हजार २ सय ६५ घरधुरी घरधुरीमा शौचालय बनिसकेकाले बासगढी नगरपालिकालाई खुलादिशामुतm नगरपालिका घोषणा गरिएको बताउनु भयो ।
६४ हजार ३ सय ५८ जनसंख्या रहेका बांसगढी नगरपालिकामा बायोग्याँस सहितको चर्पी १ हजार २ सय ६१, सेफ्टी पक्की चर्पी ३ सय २८, प्यान सिट सहितको रिङ चर्पी ९ हजार ४ सय ३० र गुजनेक सहितको चर्पी २ सय ४६ रहेका छन् । 
बाँसगढी नगरपालीकाका कार्यकारी अधिकृत तथा नगर स्तरिय खानेपानी सरसफाई तथा स्वच्छता सामन्वय समितिका संयोजक गणेश बिक्रम शाहीले खुल्ला दिशामुक्त नगर घोषणा भई सकेको अबस्थामा खुल्ला ठाँउमा शौच नगर्ने प्रतिबद्धता सहित आचारसहिता नगरबासीहरुलाई पढेर सुनाउनु भएको थियो । 
घोषणा सभाका कार्यक्रममा स्थानिय बिकास अधिकारी डिल्लीराम सिग्देल, बर्दिया प्रहरी प्रमुख प्रहरी उपरिक्षक गोबिन्दराम परियार लगायतको उपस्थिती थियो ।
घोषणा सभा सुरु हुनु अघि झाकि सहितको –यालीले  बाँसगढी बजार परिक्रमा गरेको थियो ।

Comments