भुकम्प प्रभावित ११ जिल्लामा शैक्षिक संस्था बन्द महाभूकम्प पीडितलाई सघाउन अमेरिकी टोली नेपाल आउदै अहिले पनि भुकम्प आउदै,७२घण्टासम्म सचेत रहन आग्रह


पी सी एन्,१३वैशाख। भूकम्पको महाविपत्तिपछि शिक्षा मन्त्रालयले ११ जिल्लामा पांच दिनसम्म सबै शैक्षिक संस्था बन्दको घोषणा गरेको छ।साथै सरकारले राहत तथा उद्दारमा जुट्न शिक्षक र विद्यार्थीहरुलाई आहृवान गरेको छ । 
भूकम्पका कारण विस्थापितहरुका लागि सरकारले आठ स्थानमा राहत क्याम्प स्थापना गर्ने भएको छ ।गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालका अनुसार केहीबेरमा नै राहत क्याम्प स्थापना गरिनेछ । भूकम्पका कारण धेरै मानिस घर छाडेर सडकमा रहेको र पसलहरु समेत बन्द भएका कारण राहत क्याम्प स्थापना गर्न लागिएको हो ।
 शनिबार गएको महाभूकम्प पीडितलाई सघाउन अमेरिकी टोली नेपाल आउदैछ । अमेरिकी विदेशमन्त्री जोन केरीले नेपाललाई १० लाख डलर राहतको घोषणा पनि गरेका छन् । हामी नेपाल सरकारका अधिकारीहरुसँग निरन्तर सम्पर्कमा छौ, उनले विज्ञप्ती मार्फत भनेका छन् ’हामी सक्दो सहयोग गर्ने छौं ।’अमेरिकी सहयोग नियोग (यूएसएड)ले पनि ट्वीट मार्फत तत्काल उद्दारका लागि चाहिने रकम विनियोजन गरिसकेको उल्लेख गरेको छ ।अमेरिकी गृहमन्त्रालयको प्रकोपपछिको खोज तथा उद्दार टोली राहत तथा उद्दार सामाग्रीका साथ त्यहााबाट प्रस्थान गरिसकेको छ । नेपाल आउन लागेको फेयरफ्याक्स काउन्टी, भर्जि्नियाको उद्दार टोलीले सन् २०११ मा जापानमा गएको विध्वंसकारी भूकम्प र सुनामीपछि त्यहाको उद्दारकार्यमा खटिएको थियो ।

 आइतबार विहानै पनि काठमाडौंसहित देशका अधिकांश ठाउँमा भूकम्पको धक्का महसुस भएको छ ।शनिबार ११ बजेर ५६ मिनेटमा ७.८ रिक्टर स्केलको भूकम्प गएको थियो । त्यसपछि लगातार भूकम्पको धक्का महसुस भइरहेको छ । उनले ७२ घण्टासम्म साना झट्का महसुस हुने भन्दै सचेत रहन आग्रह पनि गरेका छन् ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले शनिबारदेखि र आईतवार बिहानसम्म गरि ६०वटा भुकम्पका धक्का महसुस गरिएका छन्। ४ रेक्टर माथिका ६० भूकम्प गएको बताएका छन् । उनले भूकम्प गएको ७२ घण्टासम्म साना साना झट्का जाने सम्भावना भएको बताए । केन्द्रको मापन अनुसार शनिबार ११बजेर ५६ मिनृटमा मा गोर्खालाई केन्द्रविन्दु बनाएर ७.६ रेक्टरको भूकम्प गएको बताए । त्यसपछि लगातार गोर्खा, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प गएको थियो ।

Comments