बर्दियाका संचारकर्मीहरुका लागि एकदिने अभिमुखीकरण सम्पन्न


सन्तोष यादव
पी सी एन्,८ वैशाख । संचारकर्मीहरुका लागि लैंगीक  उतरदायी बजेट,महिला,शाीन्त सुरक्षा र संयुतm राष्टसंघीय सुरक्षा परिषद् प्रस्ताव नं १३२० र १८२५ सम्बन्धि अभिमुखकरुण कार्यक्रम बर्दियाको गुलरियामा सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ बर्दियाको समन्वय र स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान तथा जिल्ला विकास समिति बर्दियाको आयोजनामा सोे कार्यक्रम भएको हो ।
नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष मीनराज शर्माको अध्यक्षता र निमितm स्थानीय विकास अधिकारी सुन्दर प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको सहजीकरण साजिदा सिद्धीकी र गंगाराम दहालले गर्नुभएको थियो ।
कार्यक्रमका स्थानीय विकास मन्त्रालयबाट प्राप्त लैंगिक बजेट लक्षित बर्ग सम्म पुगेको नपुगेको अनुगमन गर्न संचार माध्यमलाई अनुरोध गरिएको छ ।
स्थानीय निकायमा महिलाका लागि आएको बजेट महिलाहरुको लागि खर्च भएको छ कि विकास निर्माण लगायत अन्य शीर्षकर्मा खर्च भएको छ त्यसको प्रभावकारी अनुगमन गरिदिनुस स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानकी सहजकर्ता साजिदा सिद्धीकीले बताईन ।
उनले लैंगिक उतरदायी बजेटले पारेको प्रभावको बारेमा रिर्पोटिंग गर्न समेत संचारकर्मीहरुसंग आग्रह गरिन ।

Comments