पी सी एन्,१४वैशाख । नेपाली काँग्रेस बर्दियाले भुकम्प प्रभावितहरुका लागि मंगलबारबाट जिल्लाका प्रमुख बजारहरुमा आर्थिक सहयोग संकलन गर्ने निर्णय गरेको छ ।
जिल्ला कार्य सम्पादन समितिको बैठकले राष्ट्रिय वाणिज्य बैंक गुलरिया बर्दियामा ने.का. दैबि प्रकोप उद्धार समिति चल्ती खाता समेत खोल्ने निर्णय गर्दे देश विदेशबाट सहयोग गर्ने ब्यतिmले खाता नम्बर ४१४०००५५१००१ मा आफनो रकम पठाउन अनुरोध पनि गरेको छ ।
बैठकले घाइतेहरुको शीघ्र स्वाथ्य लाभको कामना गर्दे घाईतेहरुको निशुल्क उपचारको व्यवस्था गर्न र भुकम्प पीडितहरुलाई तत्काल राहत र दीर्लकालीन ब्यवस्था गर्न सरकारसंग माग गरेको जिल्ला सचिव तेजबहादुर भाटले बताउनु भयो ।कांग्रेसले बिपतको घडिमा सम्पूर्ण व्यक्ति संघ सस्थाहरुलाई सहयोग गर्न हुन अपिल पनि गरेको छ ।
Comments
Post a Comment