पी सी एन्,१३ वैशाख । भुकम्पबाट उद्धार गर्न विभिन्न मुलुकहरुले आफ्नो सहयोग तथा सहायता नेपाल पठाउन थालेका छन्।
भारतबाट उद्धार सामग्री बोकेर आएको भारतीय वायु सेनाको एक टोली काठमाडौं आएको छ । अहिलो लटमा पाँच वटा विमानसहितको उद्धार टोली काठमाडौं आइपुगेको हो ।चीनले उद्धार खोजीका पठाएको ६२ सदस्य तथा ६ कुकरसहित टोली नेपाल पुगि काम शुरु गरिसकेको छ । पाकिस्तानले पठाएको चारवटा सि १३० हवाइजहाँजसँगै दैनिक उपभोग्य वस्तु लगायत हस्पिटलका लागि चाहिने उपकरण लगायतको उद्धार टोली पनि नेपाल पुगिसकेको छ ।
अमेरिकन सरकारले १० करोडको सहयोग समेत प्राकृतिक प्रकोप उद्धार टोली पठाउँदै छ भने, त्यस्तै डाक्डर विथ आउट बोर्डरले पनि नेपालका लागि ३ हजार किट लगायत मेडिकल सप्लाइ पठाउँदै छ।
च्यारीटी अेमरीकयर्सले पनि खाना, कपडा, औषधि उपचार सामाग्री लगायत अन्य दैनिक उपभोग्य वस्तुहरू लैजानका लागि पहल गरीरहेको छ।
गुगलले पनि १० लाख डलरको सहयोग नेपाललाई दिने बताइसकेको छ। क्यालीफोर्निया तथा भर्जि्नियावाट उद्धारटोली पनि नेपालका लागि जादैछ।
नेपालस्थित अमेरिकी दूतावासले दश लाख डलर सहयोगको घोषणा गरेको छ । यस्तै अन्तर्रा्ष्ट्रिय विकासका लागि अमेरिकी सहयोग एजेन्सीले उद्धार र खोजी टोली पठाएको छ । अमेरिकी विदेशमन्त्री जोन केरीले सहयोगका लागि नेपालसंग सम्पर्कमा रहेको बताएका छन् ।
बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले पनि नेपालमा गएको विनाशकारी भुकम्पले देशले भोग्नु परेको पिडाप्रति दुःख ब्यक्त गर्दै नेपाललाई आपतकालीन सहयोग गर्ने घोषणा गरेका छन् । प्रधानमन्त्री क्यामरुनले ट्वीट गर्दै युकेले सकेजती सबैखालको सहयोग गर्न तयार रहेको बताएका हुन ।
नर्वेले भने ३० मिलियन क्रोनर अर्थात् झन्डै ४० करोड रुपैयाँ पहिलो चरणमा तत्काल उपलब्ध गराउने जनाएको छ । नेपाल सरकारले भुकम्प पीडितलाई आपतकालीन सहयोग र अन्य आवश्यक मानवीय सहायता उपलब्ध गराउन अन्तर्रा्ष्ट्रिय समुदायमा आग्रह गरे लगत्तै नर्वेका विदेश मन्त्री बोर्गे ब्रेन्द्रेले उक्त घोषणा गरेका हुन ।विपदको घडीमा भुकम्प पीडित र प्रभावित परिवारप्रति गहिरो भावनात्मक निकटता रहेको जनाउदै उहाँले संयुक्त राष्ट्रसंघीय आपतकालीन सहायता नियोग सीइआ एफ, अन्तर्रा्ष्ट्रिय रेडक्रसमार्फत नेपाललाई आपतकालिन सहयोग उपलब्ध गराइसकेको र यूरोपियन युनियन र युएनडीएसी मार्फत नर्वेली उद्धार प्राबिधिक टोली नेपाल पठाउन तयारी अवस्थामा राखिएको जनाएका छन् ।
एनआरएनका अध्यक्ष शेष घलेले भूकम्पको विपतमा परेकाको उद्धार र सहयोगका लागि दुई करोड दिने घोषणा गरेका छन् । उपाध्यक्ष भवन भट्टले एक करोड सहयोगको घोषणा गरेका छन । विदेशमा रहेका सबै नेपालीलाई नेपालमा परेको विपत्तीमा सहयोग गर्न एनआरएनले अपील गरेको छ ।
Comments
Post a Comment