पी सी एन्,१४वैशाख। तीन दिनसम्म पनि भूकम्पको धक्का नरोकिएपछि काठमाण्डौमा अध्ययन र व्यवसाय गर्नेहरु भूकम्पको डरले रातारात घर फर्कन थालेका हुन् । शनिबारदेखि बारम्बार आइरहेको भूकम्पले आतंकित भएपछि उनीहरु धमाधम गाउँ फर्किन थालेका हुन । कलंकी, नयाँ बसपार्क, कोटेश्वर, गौशाला र बालाजु बाइपास लगायतका क्षेत्रमा घर फर्कनेहरुको भींड लागेको छ । दोब्बर भाडा तिर्दा पनि सिट नपाएपछि यात्रुहरु छतमा बसेर जोखिमपूर्ण यात्रा गर्दै घर फर्कन बाध्य भएका हुन् ।राजधानीका चोक चोकमा बिहानै देखि झिटीगुन्टा बोकेर घर फर्कन हतारिएका मानिसको भींड नै देखिन्थ्यो । राजधानीका विभिन्न कलेजमा अध्ययन गर्ने विद्यार्थीहरु गाडी जिजर्भ गरेर धमाधम घर फर्किरहेका छन् ।हिजो र आज काठमाडौं छोड्नेहरुको संख्या अत्याधिक बढी भएको ट्राफिक प्रहरीले जनाएको छ ।
Comments
Post a Comment