टिकाराम चौधरी
पी सी एन्,२८चैत्र ।
आदिबासि जनजाती पत्रकार महासँघ (फोनिज)बर्दियाले आज प्रथम भेला तथा सुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । भेलाबाट बर्दियाका आदीबासी पत्रकारहरुले बिभिन्न निणर्यहरु गर्दै आगामी दिनका लागि कार्ययोजना प्रस्तुत गरेका छन् ।
प्रस्तुत कार्ययोजनामा आदिवासी पत्रकारहरुको सुची तयार गर्ने, आदिबासी पत्रकारहरुको क्षमता अभिबृदि गर्नका लागि अभिमुखिकरण कार्यक्रमहरु सञ्चालन गर्ने, आदिवासी जनजातिहरुको सवालको उत्थान र बिकासका लागि आएका कार्यक्रमहरु खोजि गर्ने, नेपाल पत्रकार महाँसघ र सञ्चारकर्मीहरुको अन्य संगठनहरु संग सामन्वय र सहकार्य हुनु पर्ने, अन्य बिभिन्न कार्यक्रमहरुमा आदीबासी पत्रकारहरुको सहभगिता न्युन हुने गरेकोमा सहभागिता बढाउन नेपाल पत्रकार महाँसंघ र अन्य सरोकार निकायहरु संग सामन्वय गर्ने, सरोकारवाला निकायहरुसँग नियमित सम्पर्क समन्वय गरी जिल्लाको समग्र विकासको लागि फोनिजले खेल्नुपर्ने भूमिका निर्वाह गर्ने लगायत ९ बुदे निर्णय पारित गरेको छ । बर्दियाको गुलरिया भएको कार्यक्रममा आदिबासी जनजाती महासँघ बर्दियाका अध्यक्ष रामकुमार थारु प्रमुख आथित्यमा भएको थियो भने अन्य अथितिहरुमा नागरिक समाज सञ्जालका अध्यक्ष बालकृष्ण वली, फोनिज बर्दियाका संस्थापक अध्यक्ष मानबहादुर चौधरी, थारु पत्रकार सँघ बर्दियाका अध्यक्ष जोधीराम थारु, बबई एफएमका स्टेशन म्यानेजर कमल अधिकारी लगायत वक्ताहरुले प्रथम भेलाको सफताको सुभकामनासँगै आउदै गरेको २०७२ सालको उपलक्ष्यमा सुभकामना पनि दिनु भएको थियो । कार्यक्रम फोनिज बर्दियाका अध्यक्ष जनक चौधरीको सभापतित्वमा भएको थियो भने स्वागत मन्तब्य फोनिज बर्दियाकै सहसचिब कैलाश श्रेष्ठले दिनु भएको थियो ।

Comments
Post a Comment