क्षितिज पौडेल
पि सि एन १६वैशाख । बर्दियाको मुक्त कमैया बस्तीमा सञ्चालीत सस्तो घरनिर्माण कार्यक्रमको सामाजिक लेखा परिक्षण कार्यक्रम बुधबार सम्पन्न गरिएको छ ।राधाकृष्ण थारु जनसेवा केन्द्रद्धारा कालिका गाबिस वडा नं ४ जनता नगरमा सामाजिक लेखा जोखा कार्यक्रम सम्पन्न भएको हो ।एक्सनएड नेपालको सहयोगमा सो बस्तीमा ६४ ओटा घर निमार्ण कार्य सम्पन्न भएका छन । मुक्त कमैया पुनरस्थापन तथा सबलिकरण दिर्घकालीन कार्यक्रम अन्तगर्त सो घरहरु निमार्ण गरिएका हुन । घरहरु निर्माण गर्न १ करोड ६ लाख ४८ हजार रुपिया खर्च भएको बिबरण संस्थाका अध्यक्ष दिनेश प्रसाद श्रेष्ठले कार्यक्रममा बताउनु भयो । सो क्षेत्रमा हालको लागत प्रति घर १ लाख ७६ हजार ९ सय १५ रुपैयाँ लागत रहेकोे छ ।
Comments
Post a Comment