भाषण गर्दागर्दे प्युठानमा कांग्रेस कार्यकर्ताको निधन


पी सी एन्,८ वैशाख। पार्टी र देश प्रति चिन्तित भएर भाषण गर्दागर्दै स्थानीय नेता धनवहादुर साही वेहोस भएर ढले । नेवि संघको स्थापना दिवसका अवसरमा प्यूठानमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा अचेत भएका उनलाई जिल्ला अस्पताल लगियो । अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई बुटबल पुरयाइयो । बुटबलमा पनि सम्भव नभएपछि काठमाडौंमा उपचारका क्रममा अन्ततः उनको निधन भयो ।
कार्यक्रमलाई सम्बोधन गर्न नेपाली कांग्रेसका केन्द्रिय सदस्य महेन्द्र शर्मा, नेवि संघका केन्द्रिय सदस्य लाओस राई, किसान संघका केन्द्रिय सदस्य अम्बर भण्डारी साथै जिल्लाका पूर्व सभापति तथा अन्य नेताहरुको मन्तव्य पूर्व उनले पार्टीमा आफूले गरेको संघर्ष र हालका नेताहरुको व्यवहार प्रति गम्भिर मन्तव्य दिइरहँदा उनी व्यहोस भएर ढलेका थिए।
शाही धुवाङ गाउ  इकाइका समितिका सभापति थिए । पार्टीप्रति निष्ठावान र समाजसेवामा लागेका उनी देशको विग्रदो अवस्थाप्रति चिन्ता व्यक्त गर्दागर्दै अचेत भएका थिए । ५६ बर्षीय साहीका तीन छोरा, तीन छोरी र श्रीमती छन । उनको स्थानीय हर्नघाटमा दाहसंस्कार गरिएको छ । मन्तव्यका क्रममा उनको एक्कासी प्रेसर बढेर अचेत भएका थिए । समाइरहेको माइक्रोफोन विस्तारै हातबाट खसेको र उनी ढलेको प्रत्यक्षदर्शीले देखेका थिए ।

Comments