सोमवार बर्दियाबाट भुकम्प पििडतका लागि २लाख ६९हजार रकम कोषमा जम्मा


पी सी एन्,१५ वैशाख । भुकम्प पीडितहरुको सहयोर्गाथ बर्दियामा सोमवार ब्यतिm,राजनैतिक दल ,सरकारी गैर सरकारी निकायले  २लाख ६९हजार ४सय छतिस रुपिया प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा  गरेका छन् ।
एभरेष्ट बैंक लिमिटेडको  ००१००१०५२००२७०  र  ००१०११०२२०००१२ तथा नेपाल बैंक लि. काठमाण्डौ ००२९११९०५३३१३ को खाता नम्बरहरुमा सो रकम जम्मा गरिएको जिल्ला प्रशासन कार्यालय बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले जानकारी दिनुभएको छ।
जिल्ला प्रशासन कार्यालयका तर्फबाट २२हजार ३सय ४०,फाया नेपालका तर्फबाट ११हजार,जम्मा सानोश्रका टोलप्रसाद पोखरेलले १हजार ५सय,जिल्ला पशु सेवा कार्यालयका तर्फबाट ३१हजार ८सय,जिल्ला निर्वाचन कार्यालयका तर्फबाट ७हजार ३सय ५०,बबई सिचाईबाट ४९हजार ६सय ९४,कृषि सामाग्री कम्पनि लिमिटेडबाट २हजार १सय पचास,गुलरियानगरपालिकाबाट २६हजार १सय ७२,जिल्ला कृषि विकास कार्यालयबाछ १लाख ५हजार ८सय ७५,नेपाल कम्युनिष्ट पार्टाी एमालेबाट ११हजार ५सय ५५ रुंिपया जम्मा गरिएको जिल्ला प्रशासन कार्यालयले पी सी एन्लाई जनाएको छ ।

Comments