पी सी एन् ,१२ वैशाख । भुुकम्पपछि नेपाल टेलिकमले शनिवार राती १२बजेसम्म फोन सेवा निशुल्क गरेको छ । यस्तै आईतवार राती १२ बजेसम्मका लागि टेलिकमले एस एम एस सेवा पनि निशुल्क उपलब्ध गराउने भएको छ ।
टेलिकमले सबै ग्राहकलाई यो सेवा प्रयोग गरी आफना आफन्त र साथीहरुसँग सम्पर्क रहन आग्रह गरेको छ । प्रिपेड ग्राहकले आफ्नो मोबाइलमा ब्यालेन्स नभएपनि आफ्नो नेटवर्कभरि फोन गर्न सकिने उसले जनाएको छ ।
Comments
Post a Comment