प्रभात सुवेदी
पी सी एन् । वैशाख ९, बर्दिया ।
कोही भावुक मुद्रामा थिए, भने कोही केही अर्धमुस्कानका साथ मनमनै ताली पिट्दै थिए भने कोहीले भने असह्य भएर मनमा केही गाँठो पारेजस्तो देखिन्थे । कुनै पनि सन्तान जन्मिदाको पीडा कस्तो हुन्छ भनेर गर्भमा नौ महिनासम्म राखेर जन्म दिने आमालाई थाहा हुन्छ । तर, सन्तान जन्मिसकेपछिको खुसी र उमङ्गले पुरै परिवारमा खुसी छाउँदो रहेछ ।
यस्तै वातावरण बन्यो आज सदरमुकाम गुलरियामा आयोजना गरिएको एक साहित्यिक कार्यक्रममा, उपस्थित श्रष्टा कवि तथा गजलकारहरुको सिर्जनाहरुले । अनौठो संयोग भयो । बर्दियाली साहित्य समाज र सर्वदा साहित्य सङ्गमको सङ्गम भयो । जुन सङ्गमबाट बर्दियाली छन्दकवि इन्द्रराज पौडेलको ६९औं जन्मदिनमा आयोजना गरिएको शुभकामना तथा काब्य गोष्ठीमा नै तीनओटा बर्दियाली श्रष्टाहरुका कृतिहरु पनि जन्मिए । साथै कार्यक्रममा बर्दियाली कवि तथा बर्दियाली साहित्य समाजका अध्यक्ष इन्द्रराज पौडेलका सुपुत्र नारायणदत्त पौडेलले स्थापना गर्नुभएको अक्षयकोषबाट नेपालका प्रसिद्ध छन्दकवि गोविन्दराज विनोदीलाई सम्मान तथा पुरस्कार हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा बर्दियाली श्रष्टा चन्द्रकान्त ढकाल (विवश) को कविता संग्रह भासिएका पाइलाहरु, विष्णुप्रसाद मरासिनीको कविता सङ्ग्रह पुष्प र अयोध्याप्रसाद श्रीवास्तवको आध्यात्मिक कृति भगवान कहाँ छन् र कस्ता छन् क्रमशः प्राज्ञसभा सदस्य हरि तिमिल्सिना, साहित्यिक व्यक्तित्व भिष्म उप्रेती र छन्दकवि गोवन्दराज विनोदीले लोकार्पण गर्नुभएको हो ।
कार्यक्रममा कवि ईन्द्रराज पौडेलको जन्मदिनको शुभकामना दिँदै प्रमुख आमन्त्रित छन्दकवि गोविन्दराज विनोदीले आफूले यो सम्मान पाएकोमा साहित्य सिर्जनाका लागि अझै माया, स्नेह र सम्मान पाएको र यस सम्मानले अझै आफूलाई साहित्यिक सिर्जनामा परिस्कृत गर्दै लैजाने बताउनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विनोदबहादुर कुँवरले शुभकामना दिँदै जिल्लाको सेवक भएको नाताले साहित्यिक क्षेत्रमा आफूले गर्नुपर्ने सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा अत्यन्तै प्रतिभाशाली युवाकवि शुदेस सत्याल लगायत बर्दियाका आधा दर्जन श्रष्टाहरुले आफ्ना सिर्जनाहरु प्रस्तुत गरेका थिए ।

Comments
Post a Comment