पी सी एन,१२ वैशाख । राष्ट्रिपति डा रामवरण यादव र प्रधानमन्त्री सुशील कोईरालाले भुकम्प पीडितहरुको युद्धस्तरमा उद्धार तथा राहत गर्न सुरक्षा निकाय,कर्मचारी र सर्वसाधरणहरुलाई आग्रह गर्नुभएको छ ।राष्टपति यादवले विपतको घडिमा सुरक्षित तवरले बस्दै अरुलाई पनि सहयोग गर्न सर्वसाधरणलाई आग्रह गर्नुभएको छ ।उंहाले सबै सरकारी संयन्त्र परिचालन गरि उद्धारमा लाग्न सरकारलाई निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री सुशील कोईरालाले कार्यवाहक प्रधानमन्त्री बामदेव गौतमलाई टेलिफोन गरि युद्धस्तरमा काम गरि जनजीवनलाई सामान्य अवस्थामा ल्याउन मन्त्रीपरिषद्लाई निर्देशन दिनुभएको छ ।
२७ जिल्लामा भएको भुकम्पको घटनाप्रति गहिरो दुख ब्यतm प्रधानमन्त्री कोईरालाले भुकम्पमा परि मृत्यु भएकाहरु प्रति भावपुर्ण श्रद्धाञ्जली ब्यतm गर्नुभएको छ।
मन्त्रीपरिषद्को बैठकले प्रधानमन्त्री राहत कोषमा ५० करोड रुपिया अर्थ मन्त्रालय मार्फत उपलब्ध गराई राहत तथा पुर्नस्थापना कार्य गर्ने निर्णय गरेको छ ।
बैठकले नेपालका भुकम्पबाट प्रभावित उद्धार गर्न भारत र चीनबाट विशेषज्ञहरु झिकाउने ,पीडितहरुलाई राहत तथा पुर्नस्थापना गर्न भारत र चीनलाई तत्काल सहयोग उपलब्ध गराउन अनुरोध समेत गरेको छ ।यस्तै राजनैतिक दल र नागरिक समाज एकताबद्ध भएर उद्धारमा जुटन समेत आग्रह गरेको छ । बैठकले सडक,खानेपानी तथा टेलिफोन अवरोध हटाउन मुख्य सचिव मार्फत सचिवहरुलाई निर्देशन दिएको छ । स्वास्थर्मीलाई २४ सै घण्टा सेवा दिन र भुकम्प प्रभावित क्षेत्रका सरकारी तथा निजी अस्पताल एंव स्वास्थ्य संस्था २४ सै घण्टा खुला राख्न निर्देशन दिईएको स्वास्थ्य मन्त्री खगराज अधिकारीले बताउनु भयो ।
Comments
Post a Comment