पी सी एन्,१२वैशाख । नेपालमा शनिबार झण्डै तीन घण्टासम्म लगातार गएको भुकम्पले सयौँको हताहत भएको अनुमान गरिएको छ ।
दिउंसो ४ः३०बजेसम्म भुकम्पले काठमाण्डौमा २सय ४२जना,भतmपुरमा १सय ४४जना,ललितपुरमा ६७जना,रसुवामा ५७जना , गोरखामा ४०,मोरंगमा १जना,सुनसरीमा ६जना, ओखलढुंगामा १० जना,भोजपुरमा २जना,बारामा १जना,रामेछापमा १०जनाको ज्यान गईसकेको छ। बर्दियामा स्थिति सामान्य छ ।
नेपाल टेलिकमले आज देशभर टेलिफोन कल निशुल्क गरेको छ । आज र भोलिका लागि एस एम एस पनि निशुल्क गरिएको छ ।उपचार,उदार र राहतका लागि सरकारले सुरक्षा निकाय र स्वास्थ्यकर्मी परिचालन गरेको छ । एक घण्टा यता भुकम्पको महसुस गरिएको छैन।
गोरखाको बारपाकमा केन्द्रविन्दु बनाएर ७.६ म्याग्नेच्युड स्केलबाट सुरु भएको भूकम्प एकपछि अर्को गर्दै जाने क्रम जारी थियो। दोस्रो तिब्बतमा केन्द्रविन्दु बनाएर ५.५, तेस्रो गोरखामै ६.६ र चौथो रसुवामा केन्द्र बनाएर ५.७ रेक्टरस्केलको भुकम्प गएको छ। यसबीचमा ५ म्याग्निच्युड माथिका ९ पटक भूकम्प गएका छन् ।
भूकम्पले धरहरा पूरै भग्नावशेष भएको छ । धरहरा क्षतिग्रस्त हुँदा केहीको ज्यान गएको अनुमान गरिएको छ । ९ तले धरहराको एकतला मात्रै बाँकी छ । आज शनिवार भएकाले धरहरमा लगभग १ सय ५० जना मानिस चढेको बताइएको छ। त्यस्तै, धरहरा वरपर हजारौंको संख्यामा मानिसहरु रहेका थिए। भुकम्पपछि देशभर लाखौं मानिस सडकमा छन्।
शिक्षण अस्पताल महाराजगञ्जमा ५० जनाभन्दा बढीको शव राखिएको छ । बसन्तपुर असन लगायतका क्षेत्रमा ठूलो क्षति भएको छ। बसन्तपुर दरबार क्षेत्रबाट चार जनाको शब निकालिएको छ ।
सडक फुटेका छन्। पटकपटक भूइचालो गइरहेको छ । सडकमा मानिसहरु के गर्ने, कहाँ जाने भनेर अन्योल बढेको छ। सुरक्षा निकाय उद्दारमा जुटेको छ। पटक पटक गरी आएको भूकम्पले कति क्षति पुरयाएको छ विवरण आउन बाँकी छ।
टंकी सिनुवारी ५ स्थित एभरेष्ट आइरन उद्योगको पर्खाल भत्किँदा च्यापिएर एक नाबालक सहित ६ जना घाइते भएको जिल्ला प्रहरीका डिएसपी प्रभुप्रसाद ढकालले जानकारी दिए । यस्तै विराटनगरकै विभिन्न स्थानमा घरवाट हामफाल्ने क्रममा अन्य ५ जना पनि घाइते भएका छन् ।
काठमाडौंका पुराना मन्दिर र घरहरुमा पनि भत्किएका छन्। खानी तथा भूगर्भ विभाग भुकम्प मापन केन्द्रका प्रमुख लोक विजय अधिकारीले अहिले पनि स साना भूकम्प जाने क्रम जारी रहेकाले सतर्क भएर बस्न सबैलाई सुझाएका छन्। सुरुमा गएकोभन्दा कम म्याग्नेच्युडका भूकम्प गइरहेको पनि अधिकारीले बताए। पहिलो भूकम्प ११ बजेर ५६ मिनेटमा गएको थियो। त्यसपछि तिब्बतमा लगत्तै र गोरखामा १२ बजेर ३० मिनेट जाँदा तेस्रो भूकम्प गएको थियो। त्यसपछि तेस्रो रसुवामा १२ बजेर ४१ मिटेट जाँदा र पाँचौ रसुवामै १२ बजेर ५३ मिनेटमा गएको अधिकारीले बताए। भक्तपुरतिर घर भत्किएको र बाटो भासिएको छ ।बसन्तपुरमा रहेका ३ ओटा मन्दिरमा क्षति भएको छ। त्यहाँ घाइते र मृतकलाई उद्दार गरिएको छ। यसैगरी अरनिको राजमार्गअन्तगत पर्ने लोकनथली(कौशलटार सडक चिरिएको, पर्खाल भत्किएको स्थानीयले बताएका छन्।
Comments
Post a Comment