मध्यपश्चिममा वन र वन्यजन्तुको अवैध व्यापार,चोरी निकासी र तश्करी नियन्त्रण कार्यलाई आगामी दिनमा अझ प्रभावकारी बनाईने
पी सी एन्,१६ वैशाख। भारतीय वन अधिकारीसहितको समन्वयमा मध्यपश्चिममा वन र वन्यजन्तुको अवैध व्यापार,चोरी निकासी र तश्करी नियन्त्रण कार्यलाई आगामी दिनमा अझ प्रभावकारी बनाईने भएको छ । क्षेत्रिय वन निर्देशनालयले नेपालगंजमा गरेको बैठकले सो निर्णय गरेको हो ।
वन कार्यालयले प्रभावकारी रुपमा काम गर्दा समेत वनजन्य सामाग्री र वन्यजन्तुको अवैध चोरी निकासी बढिरहेकोमा
चिन्ता ब्यतm गर्दे वन अधिकारीहरुले तश्करी नियन्त्रणमा आगामी दिनमा अझ प्रभावकारी रुपले काम गर्ने बताएका हुन ।
तश्करी नियन्त्रणमा हामीले विशेष नीति,कार्यक्रम र कार्ययोजना बनाई काम गरिरहका छौ तश्करी नियन्त्रण समुदाय, प्रहरी,प्रशासन,नागरिक समाज र भारतीय वन अधिकारी सबैको जरुरी छ ः क्षेत्रिय वन निर्देशक राजदेव यादवले भन्नुभयो ।
क्षेत्रिय वन निर्देशक राजदेव यादवको अध्यक्षतामा बसेको बैठकले गैडा ,बाघ लगायतको वन्यजन्तु संरक्षणका लागि भारतीय अधिकारीहरुसंग टान्स बोर्डर बैठक गर्ने,वन कर्मचारीहरुलाई दक्षता अभिबृद्धिका लागि तालिम संचालन गर्ने,वन र निकुञ्ज क्षेत्रबाट हुदै आईरहेको ढुंगा निकासीमा कडा नियमन तथा निगरानी गर्ने लगायतका निर्णयहरु गरेको छ।
बैठकमा बर्दियाका जिल्ला वन अधिकृत धनञ्जय लामिछाने,बांकेका अधिकृत पुष्पराज बर्तोला,दांगका जिल्ला वन अधिकृत नवराज काफले,सुर्खेतका निमितm जिल्ला वन अधिकृत चन्द्रेश्वर सिंह,बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कंडेल बांके निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेश पन्त लगायतका वन अधिकारीहरुको सहभागिता रहेको थियो
Comments
Post a Comment