पी सी एन्,१३वैशाख। अर्थमन्त्री डा. रामशरण महतले सर्वसाधारणलाई विपतको घडीमा नआतिकन बस्न आग्रह गरेका छन् । अर्थमन्त्री डा. रामशरण महतले भुकम्पबाट मारिएका परिवारलाई ४० हजार रुपियाँ उपलब्ध गराउने पनि बताउनु भयो । मन्त्रिपरिषद् बैठकको निर्णय
बमोजिम भूकम्पका कारण ज्यान गुमाउनेका परिवारलाई राहतस्वरुप ४० हजार रुपियाँ उपलब्ध गराउने सरकारले निर्णय गरेको हो। सरकारको पछिल्लो तथ्यांकअनुसार हालसम्म २२ सय ८८ जनाले ज्यान गुमाइसकेका छन् । ५ हजार८ सय ५० जना घाइते छन् ।
Comments
Post a Comment