नेपाल उद्योग वाणिज्य महासंघको पहलमा ‘ओपरेशन रिलिफ’ अभियानको थालनी


पी सी एन्,१५ वैशाख  नेपाल उद्योग वाणिज्य महासंघको पहलमा  नागरिक समाज   संघ संस्थाहरुको समेत सहभागितामा भुकम्पबाट प्राकृतिक विपत्तिमा परेकाहरुको सहयोगार्थ मुलुकभर राहत संकलन तथा वितरणको कार्य पनि शुरु गरिएको
महासंघको अगुवाईमा २० भन्दा बढी व्यक्ति तथा संघ संस्थाहरुको पहलमाओपरेशन रिलिफअभियानको थालनी गरिएको यसका लागि महासंघले भृकुटीमण्डपको मुख्य प्रवेशद्वारसंगै आफ्नो अस्थायी कार्यालय समेत खडा गरेको बर्दियामा पनि उधोग बाणिज्य संघ गुलरियाले मंगलबारओपरेशन रिलिफअभियान संचालन गर्न लागेको अध्यक्ष अमर बहादुर खडकाले जानकारी दिनुभयो।
अभियानले नेपाल सरकारका सम्बन्धित निकायहरु, स्थानीय समुदाय, अन्तराष्ट्रिय गैर सरकारी संस्थाहरु, गैर आवासीय नेपाली संघ निजी क्षेत्रसंग हातेमालो गरी कार्य गर्ने यस अतिरिक्त अभियान मार्फत भूकम्प पश्चात नागरिकहरुले अपनाउनु पर्ने सावधानीका विषयमा जनचेतना जगाउने कार्य समेत गर्ने
महासंघले भुकम्प पीडितहरुको सहयोगार्थ एभरेष्ट बैंक लि., कालीमाटी शाखामा रहेको अर्थक्वेक रिलिफ फण्ड  खाता नम्बर ०३७००१०५२००३९९ वा स्वीफ्ट कोड भि बि एल एन पी के मार्फत पनि सहयोग रकम जम्मा गर्न सकिने जनाएको
 अभियान मार्फत राहत संकलन कार्य शुरु भैसकेको , जसअन्तरगत हालसम्म ४५ लाख नगद, औषधि, खानेकुरा, पिउने पानी आदि संकलन भैसकेको यसका लागि आधिकारिक फेसबुक पेज मार्फत् पनि जानकारी लिन सकिने
महासंघले विपत्तिको घडिमा आफ्ना सबै सदस्य जिल्ला उद्योग वाणिज्य संघहरु, बस्तुगत संघहरु, द्विराष्ट्रिय उद्योग वाणिज्य संघ, एशोसिएट सदस्यहरुलाई आफ्नो स्थानबाट सक्दो सहयोग गर्न अपिल समेत गरेको

साथै महासंघले विपत्तिमा परेका नागरिकहरुको सहयोगार्थ दैनिक उपभोग्य बस्तु तथा सेवा तत्कालैबाट सर्बसुलभ रुपमा उपलव्ध गराउन मुलुकभरका सबै उद्यमी व्यवसायीहरुमा  अपिलसमेत गरेको

Comments