पी सी एन् १४ वैशाख ।सहयोग सामग्रीसहित नेपाल आउनु भएका भुटानी प्रधानमन्त्री छिरिङ तोग्बेले प्रधानमन्त्री सुशील कोइरालालाई भेटी भुकम्प प्रभावितहरुका लागि १०लाख अमेरिकन डलर बराबरको चेक र सहयोग सामाग्री हस्तान्तरण गर्नु भएको छ उंहाले भूकम्पबाट नेपालले भोग्नुपरेका विपतप्रति दुःख व्यक्त गर्नुभएको छ । नेपालमा सहयोगका लागि आफैं काठमाडौँ आउने उंहा पहिलो सरकार प्रमुख हुन्। भुटानी प्रधानले नेपालको भुकम्पले मृत्यु हुनेहरु प्रति समबेदना प्रकट गर्नुभएको छ ।
‘भुटान मौसुफ राजाका, सरकार र देशका तर्फबाट नेपालका प्रधानमन्त्री सुशील कोइरालालाई भेटी समवेदना प्रकट गर्न पाएकोमा आफु खुसी रहेको प्रधानमन्त्रीले बताएका छन् ।उंहाले भुटानले सक्ने कुनै पनि सहयोग गर्न उनको सरकार तयार रहेको पनि बताएका छन्।
Comments
Post a Comment