पी सी एन्,२८चैत्र । नेकपा एमालेका पोलिव्युरो सदस्य प्रकाश ज्वालालेसहमतिबाटै नंया संविधान जारि हुने बताउनु भएको छ ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन बर्दियाको १८ औ जिल्ला अधिबेशनको बर्दियाको काकौरामा उद्घाटन गर्दे एमाले पोलिटब्युरो सदस्य ज्वालाले रोडबाट नभई सहमति र सहकार्यबाटै संविधान आउने जिकीर गर्नुभयो ।
३०दलिय मोर्चालाई सडक आन्दोलन त्यागी सहमतिबा आउन आग्रह गर्दे उंहाले भन्नुभयो ः रोडमा गएर आगो र राँके जुलुस बाल्दैमा सबिधान आउदैन सबिधान त सहमति र सहकार्यमा कलमबाटै आउछ ।
अनेरास्वबियुले बिद्यार्थीहरुको हक हितका लागी र शिक्षा क्षेत्रमा देखिएका समस्याहरु हटाउनका हालसम्म गरेको कार्यको प्रशंसा गर्दे उंहाले थप कार्ययोजनाहरुकका साथ अघि बढन सुझाव दिनुभयो ।
अनेरास्वबियुका केन्द्रिय महासचिव नबिना लामाले अनेरास्वबियुलाई देशकै बलियो, प्यारो र ठुलो बिधार्थी संगठन बनाउन आफुहरु लागि परेको बताउनु भएको छ ।
संघिय लोकतान्त्रीक गणतन्त्रका उपलब्धलिाई संस्थागत गरौ, जनमुखि सबिधानमा शिक्षाको सुनिश्चितताकालागी देश भरीका सम्पुर्ण प्रगतीशिल जनबादी बिद्यार्थीहरु एक जुट हा ैभन्ने मुल नाराका साथ सुरु भएको अधिबेशनले आज नंया नेतृत्व चयन गर्नेछ।
उद्घाटन कार्यक्रम अनेरास्ववियु बर्दियाका अध्यक्ष जितबहादुर रोकायको सभापतित्वमा भएको थियो ।
Comments
Post a Comment