पी सी एन्,८ वैशाख । ज्योतिषहरुले आजको अक्षय तृतीयालाई एक सय ९१ बर्ष यताको सबैभन्दा शुभ दिन बताएका छन् ।
बैशाख मासको शुक्ल पक्षको अक्षय तृतिया बैशाखको ८ गते मंगलबार दिन कृतिका नक्षत्र, सौभाग्य योग, बृष राशिमा चन्द्रमा रहेकाले यो दिन बिहान देखी राती सम्म शुभ संयोग रहने ज्योतिषहरुको भनाई छ ।
आजको दिनमा मंगल कार्य, दान, भवन निर्माण र सवारी खरिदका लागि उत्तम रहेको छ ।
बिहान सवा ६ बजे देखी दिउँसो पौने १२ बजेसम्म सर्वार्थ सिद्धि र दिउसो १२ः५८ बजे सम्म देखी सूर्यास्त सम्म रवि योगको विशिष्ट संयोग रहेको छ ।
भारतका प्रखर ज्योतिष पंडित अमर डब्बावालाका अनुसार सोही दिन दिउसो मंगलादित्य र बुधादित्यको महायोग पनि रहेको छ । मुहर्त तथा योगको यस्तो अद्धितिय संयोग धेरै बर्षमा मात्र आउने ज्योतिषहरुको भनाई छ ।
यो शुभ अवसरमा विवाह, गृह प्रवेश, गृह आरम्भ, उपनयन संस्कार, सुन र पीत्तलको खरिद अत्यन्तै फलदायी हुन्छ ।यो दिन भएका शुभ कार्यले अरु बेला भन्दा तीन गुना बढी फल दिने धार्मिक विश्वास रही आएको छ । यस दिन खरिद गरेको वस्तुले स्थायी समृद्धि प्रदान गर्नेछ ।
धर्म शास्त्रका अनुसार यस दिनमा घरमा जल भरिएको कलशमा सुगन्धीत द्रव्य र जौ हालेर, त्यसमा ऋतुफल हाली भगवान बिष्णुका साथै अन्य देवताहरुको नाम सम्झेर पुजा गरी ब्राम्ह्णलाइ दान गर्नुपर्छ ।त्यसैगरी, पितृको तृप्ति तथा प्रशन्नताको लागि ग्रहस्थ ब्राम्ह्णलाइ जलले भरिएको कलशमा कालो तिल राखेर त्यसमा बीजयुक्त फल राखी दान गरेमा सुःख र समृद्धी मिल्नेछ ।
Comments
Post a Comment