पी सी एन् ,१२ वैशाख । नेपाल प्रहरीले दिएको जानकारीअनुसार अहिलेसम्म ७ सय ११ जनाको मृत्यु र हजारौं घाइते भएका छन्।
प्रहरीका अनुसार भुकम्पमा परि पूर्वाञ्चलमा २०,मध्यमाञ्चलमा १सय८९, पश्चिमाञ्चलमा ३३ ,मध्य पश्चिममा २ ,उपत्यका र काठमांडूमा २सय ५६, ललितपुरमा ६७ भक्तपुरमा १सय४४ जनाको ज्यान गएको छ।
उता गृहमन्त्रालयका प्रवक्ता लक्ष्मी ढकालका भुकम्पका कारण ६
सय ८८ जनाको ज्यान गएको छ ।ज्यान गुमाउनेमा काठमाडौंमा १ सय ८१, भत्तपुरमा १ सय ४४, ललितपुरमा ६६ जना छन् । गोरखामा एक सय भन्दा बढी, धादिङमा ३५, मकवानपुरमा २५, सोलुखुम्बुमा ३०, सुनसरीमा ८ जना रहेका छन् । गृह प्रवतmाका अनुसार रामेछाप र रोल्पामा एक एक जना घाइते भएका छन् । दाङको घोराहीमा भूकम्प आएपछि भाग्ने क्रममा घरको छतबाट खसेर दुई जना घाइते भएका छन् । उनीहरुको राप्ति उपक्षेत्रिय अस्पतालमा उपचार भैरहेको छ । प्रवक्ता ढकालका अनुसार उद्धार तथा राहतका लागि नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीलाई खटाइएको छ ।
भुकम्पबाट सगरमाथा आधार शिविरसम्म झरेको हिमपहिरोमा परी करिब १० जनाको मृत्यु भएको छ । हिमपहिरोले आधारशिविरको एउटा भाग पूरै पुरेको छ भने मृतकको संख्या बढ्न सक्ने त्यहाँ रहेका पर्यटकहरुले ट्वीट गरेर जानकारी दिएका छन् । हिमपहिरोमा विदेशी आरोही साथै शेर्पाहरु पनि परेका छन् । रोमानियाका आरोही एलेक्सले ट्वीटरमा जनाए अनुसार ‘ठूलो’ हिमपहिरो गएको छ र त्यसबेला अधिकांश आरोहीहरु आधारशिविर माथि उक्लेका थिए । उनले आधार शिविरमा ठूलो क्षति पुगेको जनाएका छन् । पर्यटन मन्त्रालयका सह–सचिव कृष्ण सापकोटाका अनुसार सगरमाथा बेस क्याम्पमा मानवीय क्षति भएको खबर प्राप्त भए पनि फोन सम्पर्क हुन नसकेका कारण क्षतिको एकिन विवरण आइसकेको छैन ।
Comments
Post a Comment