पी सी एन्,१३वैशाख ।गृह मन्त्रालयका अनुसार गोर्खाको बारपाकलाई केन्द्रबिन्दु बनाएर आएको भुकम्पका कारण आईतवार बिहान ९बजे सम्म १८८३ जनाको मृत्यु भईसकेको छ भने ४६४८जना घाईते भएका छन् ।
मृत्यु हुनेमा काठमाण्डौमा ७२३,भतmपुरमा २०५,ललितपुरमा १५५,धादिंगमा १२४,रसुवा १२५,नुवाकोट १३३,काभ्रेमा९४,दोलखामा ३२,गोरखामा ११८,मकवानपुरमा २७,रामेछापमा २१,सोलुखुम्बुमा १५,ओखलढुंगामा१०,काभ्रेमा ९४,लमजुंमा २,चितवनमा २,कास्कीमा २,झापामा २ जना ,धनुषामा १रहेका छन् ।
बि स १९९०पछिको यो सबैभन्दा ठूलो भुकम्प हो । १९९०सालमा ८दशमलव ६ रेक्टर स्केलको भुकम्प गएको थियो।
बिहान ९बजे पनि भुकम्पको अर्को धक्का महसुस गरिएको छ ।
बैंककमा रहनु भएका प्रधानमन्त्री सुशील कोईराला ११बजे काठमाण्डौ आईपुग्नु हुनेछ ।
भुकम्पको कारण आएको पहिरोले रसुवाको लांगटांग गांउ पुरै पुरिएको छ । त्यहां रहेका ७० घर पुरै पुरिएका छन् ।
Comments
Post a Comment