बसुन्धरा बि सि
पी सी एन्,२वैशाख । आज बिहानबाट बर्दिया राष्ट्रिय निकुञ्जमा गैडा गणना शुरु
भएको छ । भारतसंग जोडिएको खाता अन्तर्राष्ट्रिय जैविक मार्ग र सुर्यपटुवा ४ मा
रहेको शिव सामुदयिक वनबाट गैडा गणना शुरु गरिएको हो । सरकारले चैत र वैशाखमा देशभर गैडा
गणना गर्ने लक्ष्य लिए अनुरुप २०औ
वन्यजन्तु सप्ताहको दोस्रो दिनबाट
बर्दियामा गैडा गणना शुरु गरिएको हो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण
विभागले गैंडाको बसोबास रहेको चितवन राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज र
शुक्लाफाँटा वन्यजन्तु आरक्षमा यस बर्ष एकै पटक गैंडा गणना गर्न लागेको छ ।
हात्तीमा बसेका गणकहरुले पुरै निकञ्ज
घुमेर एक एक गरी गैडाको विवरण लिन्छन ।
निकुञ्जलाई ६ बलकमा बिभाजन गरि गैडा
गणनामा १७ वटा हाती र आवश्यक तालिम
दिई ९७ जना कर्मचारी परिचालन गरिएको प्रमुख संरक्षण अधिकृत रामचन्द्र कंडेलले
जानकारी दिनुभयो ।
गणकहरुले
गैडा गन्दा देखिने अन्य जंगली
जनावरका ंपनि विवरणहरु राख्ने छन् ।प्रमुख संरक्षण अधिकृत कडेलका अनुसार बर्दियामा गैडा गणना गर्न झण्डै एक
हप्ता लाग्ने छ ।
गणकहरुले संख्या संगै लिङग, उमेर र शारीरिक बनौटका विवरणहरु संकलन गर्ने छन । गैडा खागको आकार र शरीरका पाटा एक अर्काका भन्दा फरक हुने
भएकाले दोहोरिएर गणना हुदैन। शरीरको बनौट, पाटा र खागले एक अर्कोमा गैंडा छुट्टयाउन सजिलो हुन्छ । ठुला गैडा
बीच फरक छुटयाउन केहीे गाह्रो हुँदैन तर सानालाई भने अलि बढी ध्यान दिनुपर्ने
गणनामा संलग्न हुने प्राविधिकहरु बताउँछन् । गणकहरुले दूरबीन, क्यामेरा र जीपीएस पनि सँगै राख्ने छन्
। गणनाका बेला गैडाका वासस्थानका
अवस्थाहरुको विवरण समेत संकलन गरिने छ । गैडाको नाकमा रहने खागको लागि चारी
सिकारीले गैडाका अवैध सिकार गर्दै आएका छन् ।
बर्दिया गैडाका लागि चितवन पछिको दोस्रो
वासस्थान हो । सन् २००८ को गणनामा बर्दियामा २२ गैडा थिए भने सन् २०११ को गणनामा
बढेर गैडाको संख्या २४ पुगेको थियो । चितवन निकुञ्ज करिव ८६ वटा गैडा यहाँस्थित
ववई उपत्यकामा स्थानतरण गरिए पनि चोरी सिकारीका कारण २४ मा सिमीत भएको हो ।
निकुञ्जको १५ बाहेक १ बच्चासहित ४ गैडा
भारततिरको कतरनिया घाट वाइल्डलाइफ सेन्चुरीमा छ । निकुञ्जले नेपालका सातवटा गैडा
भारततिर भएको दावी गर्ने गरेको छ । गैंडा मारेमा पाँचदेखि १५ वर्ष कैद र ५०
हजारदेखि एक लाख रूपैयाँसम्म जरिबाना हुने कानुनी व्यवस्था भए पनि गैंडाको चोरी
शिकार भने रोकिएको छैन ।
वन्यजन्तु बिभागले यसअघि ठीक चार वर्ष
पहिले गरेको गणनामा देशभर ५३४ गैंडा
भेटिएका थिए । ‘सन् २००५ सम्म पाँच वर्षको अन्तरालमा
गैंडा गणना हुँदै आएको थियो । सन् २००५ पछि गैंडाको चोरी शिकार अत्यधिक बढेको
हुँदा गैंडाको यथार्थ संख्या चाँडो पत्ता लगाउन पाँच वर्षको सट्टा तीन÷तीन वर्षको फरकमा गणना गर्नुपर्ने
नीति बन्यो । यो पटक भने अघिल्लो गणना
सकिएको चार वर्षपछि मात्र गैडा गणना हुन लागेको हो ।
हाल विश्वमा करिव ३२०० को संख्यामा रहेको
एकसिंगे गैंडा नेपाल र भारतको सिमित निकुञ्ज आरक्ष र वरिपरीको क्षेत्रमा मात्र
पाइन्छ । नेपालको बर्दिया तथा चितवन राष्ट्रिय निकुञ्ज , शुक्लाफाँटा वन्यजन्तु आरक्ष र भारतको
काजिरङ्गा राष्ट्रिय निकुञ्ज गैंडाको मुख्य वासस्थान हो ।
Comments
Post a Comment