पी सी एन् ३०चैत्र । प्रेस क्लब अफ नेपाल पी सी एन् का अध्यक्ष यम घिमिरेले नव बर्ष २०७२ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पुर्ण नेपालीहरुमा शुभ कामना ब्यतm गर्नु भएको छ ।
नव बर्ष २०७२को उपलक्ष्यमा शुभकामा सन्दशे दिदै अध्यक्ष घिमिरेले मोफसलका स्थानीय संचार माध्यमको संरक्षण र विकास अब सबैको चासोको विषय रहेको र यसका लागि मोफसलका संचार गृहहरु बीच एकता सहकार्य जरुरी रहेको बताउनु भएको छ ।
नव बर्षको उपलक्ष्यमा शुभकामना सन्देश दिदै घिमिरेले नेपाल र नेपालीहरुको विकासका संचार माध्यमले खेलेको भुमिका महत्वुपर्ण भएपनि सरकाले मोफसलका संचार माध्यम र संचारकर्मीको पेशागत तथा भौतिक सुरक्षामा धेरै काम गर्न बांकी रहेकोले सरकाले संचार माध्यमको विकासको लागि विशेष नीति ,बजेट र कार्यक्रम ल्याउन जरुरी रहेको बताउनु भएको हो । साथै उंहाले सम्पुर्ण संचार गृहमा श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गरि पत्रकारिता क्षेत्रलाई सुरक्षित र मर्यादत बनाउन संचार गृहलाई आग्रह समेत गर्नुभएको छ ।
शुभ कामना सन्देशमा अध्यक्ष घिमिरेले आपसी मतभेद त्यागी सहमति र सहकार्यमा २०७२साल जेठ १५ गते लोकतान्त्रिक संविधान जारी गर्न र तत्काल स्थानीय निकायको निर्वाचन गरि स्थानीइ तहमा जनप्रतिनिधीमुलक व्यवस्था कायम गर्न समेत सबैमा आग्रह समेत गर्नुुभएको छ ।नंया बर्षको अवसरमा शुभकामना सन्देश प्रेषित गरि शान्ति,विकास, समझदारी पारस्परिक सम्मान ,सहयोग,स्वतन्त्रता ,समानता , मौलिक हक र कानुनी शासन लगायतका प्रजातान्त्रिक संरचना र मान्यतालाई मजबुत बनाउन संचार माध्यमले महत्वुपुर्ण भुमिका खेलेको भन्दै उहांले आपसी सहमति र सहकार्यमा समयमै लोकतान्त्रिक संविधान निर्माण गरि लोकतन्त्रको संस्थागत विकासमा लाग्न सरकार,राजनैतिक दल एंव सभासद् सबैमा आवहान गर्नुभएको छ । राजनीतिक स्थायीत्व कायम गर्दे देशलाई आर्थिक,सामाजिक,सांस्कृतिक रुपले रुपान्तरण गरि सम्पुर्ण रुपले समृदशाली नेपाल निर्माण गर्न सकेमा मात्र नेपालको प्रजातन्त्र सफल भएको मानिने बताउदै सन्देशमा प्रेस क्लब अफ नेपालका अध्यक्ष घिमिरेले राष्ट्रियता,प्रजातन्त्र,समाजवाद,पत्रकारिताको व्यवसायिक विकास,प्रेस स्वतन्त्रता,मानव अधिकार,सुशासन,स्थानीय विकास,प्रकृति संरक्षण र पर्यटन प्रर्वद्धनमा प्रेस क्लब अफ नेपाल पी सी एन्ले आगामी दिनमा अझ बढि प्रभावकारी र रचनात्मक कार्यक्रम संचालन गर्ने स्पष्ट पार्नुभएको छ ।
शान्ति ,स्थायित्व ,मिडिया र लोकतन्त्रको संस्थागत विकासका लागि सबैको हातेमालो जरुरी रहेको जनाउदै अध्यक्ष घिमिरेले संविधान सभाको रुपमा संविधान बनाउने काममा र संसदको रुपमा नेपाललाई १०बर्षभित्रै समृद्धशाली बनाउन सिचाई,जलविद्युत,सुकुम्वासी ,मुतm कमैया र भुमिहीनको बैज्ञानिक व्यवस्थापन,युवाका निम्ती प्राविधिक सिप,ऋृण अनुदान र रोजगारी सम्बन्धि , वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने ,गांउ गांउमा पक्की सडक र पुलको व्यवस्था , कृषि र पशु उत्पादकत्व बृदि र पर्यटन व्यापारका महत्वपुर्ण नीति तथा कार्यक्रम र संचार,यातायात, शिक्षा ,स्वास्थ्य ,जलविधुत सरकारको जिम्मेवारीमा रहने १० बर्षे नेपाल विकास कार्यक्रम अघि सार्न सरकारसंग आग्रह पनि गर्नुभएको छ।
Comments
Post a Comment