पी सी एन्,३ वैशाख। जिल्ला दलित समन्वय समितिका उपाध्यक्ष भीमलाल विश्वकर्माले राजनैतिक र प्रशासनिक क्षेत्रमा दलितहरु विगतभन्दा अगाडि बढेको भएपनि दलितहरुमाथिको सामाजिक अपमान भने समाजमा अहिले पनि बिधमान रहेको बताउनु भएको छ ।
जिल्ला विकास समितिको सहयोग र जिल्ला दलित समन्वय समिति बर्दियााको आयोजनामा बर्दिया निर्वाचन क्षेत्र नं ३ को बगनाहमा जातीय बिभेद छुवाछुत तथा अपराध ऐन २०६८को बारेमा अन्तरकृया कार्यक्रमलाई सम्बोधन गर्दे उपाध्यक्ष विश्वकर्माले राज्यले दलितहरुलाई प्राथमितकतामा राखेर बिभिन्न नीति तथा कार्यक्रम ल्याएको भएपनि कार्यान्वयन गर्ने ईकाईहरुमा रहेका गैर दलितहरुको संकुचित सोचाईका कारण दलितहरुले खाने ,बस्ने र आदर सम्मान लगायतका कुरामा भने हेपिनु परेको प्रष्ट पार्नुभयो ।
सार्वजनिक स्थलमा भेदभाव नभएपनि निजी जीवनमा गैर दलितहरुले दलितहरुमाथि ठुलो भेदभाव गरिरहेका छन् यसलाई अन्त्य गर्न ब्यतिm,समुदाय ,सरकार र गैर सरकारी संस्था सबैको सामुहिक प्रयास जरुरी पर्दछ ःउपाध्यक्ष विश्वकर्माले भन्नुभयो ।
उंहाले जिल्ला स्तरमा गठन भईसकेको जातिय भेदभाव तथा छुवाछुत अपराध निगरानी केन्द्र बर्दियाका चारैवटा क्षेत्रमा गठन गर्नुपर्ने र सो को लागि आवश्यक सहयोग गर्न जिल्ला प्रशासन र जिल्ला विकास समितिलाई आग्रह पनि गर्नुभयो।
उंहाले जातीय भेदभाव र छुवाछुत नियन्त्रणका लागि सरकारले जारि गरेका ऐन नियम कानुनहरुको प्रभावकारी कार्यान्वयन र प्रचारप्रसार नभएसम्म जातीय भेदभावको मानसिकता नहटने प्रष्ट पार्नुभयो ।
उंहाले दलितहरुको वास्तविक अवस्था बारे थाहा पाउन जिल्ला दलितहरुको प्रोफाईल तैयार पार्नका लागि जि वि सको सहयोगमा जिल्ला दलित समन्वय समितिले चारवटै निर्वाचन क्षेत्रमा कर्मचारीहरु खटाएको जानकारी पनि दिनुभयो ।
जिल्ला दलित समन्वय समितीका उपाध्यक्ष भीमलाल विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस बर्दियाका सचिव सचिव तेजबहादुर भाट,निवर्तमान सचिव विद्याप्रसाद खनाल,क्षेत्र नं ३का सभापति छविलाल सापकोटा,नेपाल दलित संघका केन्द्रिय सदस्य जयराम विश्वकर्मा,दलित समन्वय समितिका सदस्य सुर्यबहादुर सुनार सुनार,चुरे क्याम्पस बगनाहका क्याम्पस प्रमुख कृष्णप्रसाद पौडेल लगायतले बोल्नु भएको थियो ।
बर्दियामा यस बर्ष जातीय भेदभाव र छुवाछुत कसुर गर्ने ५जनालाई प्रहरीमा मुद्दा दायरी गरि कारवाही गरिएको छ ।जातीय बिभेद छुवाछुत तथा कसुर ऐन २०६८ का अनुसार जातीय भेदभाव गर्नेलाई एकदेखि ३बर्ष कैद र३हजारदेखि २५हजार जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था रहेको छ ।सो कार्यकमको सहजिकरण ताराबहादुर सुनारले गर्नुभएको थियो । जिल्ला दलित समन्वय समितिले चैत्र १९गते क्षेत्र नं ४को गोलामा र चैत्र २३गते बदालपुरमा जातीय भेदभाव तथा छुवाछुत कसुर ऐन २०६८ बारे अन्तरकृया कार्यक्रम सम्पन्न गरेको हो ।
Comments
Post a Comment