पी सी एन्,१३ वैशाख । महाभूकम्प गएको २५ घण्टापछि फेरि ठूलो झट्का महशुस गरिएको छ । शनिबार ११ बजेर ५६ मिनेट जाँदा लम्जुङ केन्द्रविन्दु बनाएर ७.९ रेक्टर स्केलको भूकम्प गएको थियो । आइतबार १२ बजेर ५६ मिनेट जाँदा पनि उत्तै शक्तिशाली झट्का महशुस गरिएको हो । यसबीचमा करिव सय भन्दा धेरै साना झट्का महशुस गरिएको थियो ।
आइतबार मध्याहृन दोलखा र सिन्धुपाल्चोकको सीमानालाई केन्द्रविन्दु बनाएर गएको भुकम्पले मध्यमाञ्चलका जिल्लामा थप क्षति पुरयाएको छ ।
सिंहदरवारमा बैठक बसिरहेको बेला भूकम्पको धक्का महसुस भएपछि प्रधानमन्त्री र मन्त्रीहरुको भागाभाग भएको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रको भवनमा छलफलमा छलफल चलिरहेको थियो ।तर, भूकम्प आएपछि प्रधानमन्त्री र मन्त्रीहरुहरुको भागागात भएको छ । उक्त भवन ९ रेक्टर स्केलको भूकम्पको प्रविधिको क्षमताको हो । तर, भूकम्पको धक्कापछि मन्त्रीलाइृ सुरक्षाकर्मीले बाहिर खुला चौरमा लगेका छन् ।
Comments
Post a Comment