भुकम्प पीडितका लागि रगत पर्याप्त रहेकोले थप रतmदान गर्नु नपर्ने


पी सी एन्,१४ वैशाखा । रगत सम्बन्धी काम गर्ने सरकारी निकाय नेसनल ब्यूरो अफ ब्लड ट्रान्सफ्युजन सर्विसले तत्कालका लागि भूकम्प पीडितलाई लक्षित गर्दै रक्तदान नगर्न आग्रह सबैमा आग्रह गरेको छ । मुलुकको कुनै पनि भागमा रगतको अभाव नरहेको जनाउदै हाल भूकम्प पीडितलाई लक्षित गर्दै रक्तदान नगर्न  आग्रह गरिएको ब्यूरोका निर्देशक डा. गीता शाक्यले बताउनु भयो। 
मुलुकभरिमा हाल आवश्यकता भन्दा धेरै बढी रगत संकलन भइसकेको उंहाले बताउनु भएको छ । ‘रगत खास समयसम्म मात्र उपयोग हुने भएकाले यसलाई भण्डारण गर्न सकिदैंन,’ डा. शाक्यले भन्नुभयो‘संकलनको क्रम नरोकिए संकलित रगत खेर जाने स्थिति आइसकेको छ ।’ उंहाले राजधानी मात्रै नभई मुलुकको हरेक भागमा रगत क्षमताभन्दा बढी रगत संकलन भइसकेको बताउनु भयो । उंहाले हालका लागि रक्तदान नगर्न र आवश्यक परे पुनः आह्वान गरिने बताउनु भएको छ।
भूकम्प लगत्तै रगतको अभाव देखिन सक्ने सम्भावनालाई हेर्दै सबैतिर रक्तदान कार्यक्रम सञ्चालन हुन थालेपछि रगतको भण्डारण अत्यधिक बढेको हो ।

Comments