पी सी एन्,१५ वैशाख । सरकारले राहत र उद्धार प्रभावकारी बनाउन नसकेको भनेर आलोचना भइरहेका बेला सरकारका प्रवतmा एंव सुचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले आजदेखि अझ मेहनत गरेर उद्धार र राहत प्रभावकारी बनाउने प्रतिबद्धता जाहेर गरेका छन्।
भूकम्प गएको चौथो दिन मंगलबार सरकारले अति प्रभावित जिल्लामा काम केन्द्रित गर्ने उनले बताए। मन्त्री रिजालका अनुसार सोमबार हेलिकोप्टरको पचपन्न वटा उडानबाट २सये र आइतबार ३सय ८ जनाको उद्धार गरिएको छ र त्यो क्रम मंगलबार पनि जारी रहनेछ ।
राहतका लागि मुख्य रुपमा पाल खोज्ने र खरिद गर्ने प्रक्रिया शुरु भएको मन्त्री रिजालले बताएका छन्।नेपाल सरकारसंग पाल नभएकाले खरिद गर्न सकिने देशमा दुतावासलाई भनिएको र पछिसम्म काम लाग्ने किसिमको पाल खरिद गरिने सरकारले जनाएको छ । लामो समय घरबारविहीनलाई शिविर बनाएर राख्नुपर्ने भएकाले सरकारले बलियो पाल किन्न लागको हो मंगलबार या बुधबारदेखि पाल नेपाल आइपुग्ने संचारमन्त्री बताउनु भयो ।सबैजसो राजमार्ग सफा गरिसकेको र विदेशबाट राहत सामग्री आउने क्रम जारी रहेको सरकारले जनाएको छ ।
उता अन्तर्रा्ष्ट्रिय खोजी तथाउद्धार टोली आउने क्रम जारी रहेको छ। नेपाल आएका लाई नेपाली सेनासँग समन्वय गरी भग्नावशेष खन्ने र उद्धार गर्ने काममा खटाइएको गृहान्त्रालयले जनाएको छ । शक्तिशाली भूकम्प गएको तेश्रो रात सोमबार पनि हजारौं नेपालीहरुले खुला आकाशमुनि रात बिताएका छन्। सोमबार दिनभरजसो भूकम्पको धक्का महसुस नगरेपछि राहत अनुभव गरेकाहरु राती दशबजेतिर ठूलो धक्का आएपछि पुन त्रसित बनेका थिए। मंगलबार बिहान बपनि भुकम्प जाने क्रम जारि रहेको छ ।शक्तिशाली भूकम्पका कारण जतिखेर पनि जमीन हल्लेको जस्तो हुने, भुइँचालो गइरहे जस्तो हुने त्रास धेरैको मनमा परेको छ।
उद्दारका लागि सरकारले गोरखा, धादिङ, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रेमा र ललितपुरमा राहात तथा उद्धारका लागि १२ हेलिकोप्टर परिचालन गरेको मन्त्रालयले जनाएको छ ।गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले उद्धार र राहतको काम अति प्रभावित जिल्लाहरु रसुवा, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ र गोरखामा विशेष रुपमा केन्द्रित गर्ने बताएका छन् ।
Comments
Post a Comment