बर्दिया जि वि स को जलवायु परिवर्तन कार्यक्रम ,बबई सिचाई आयोजना र सडक डिभिजन कार्यालय ले संचालन गरेका भौतिक पुर्वाधार निर्माण कार्यको जिल्लाबाट अनुगमन, गुणस्तरमा शंका
पी सी एन ,१८वैशाख । जिल्लास्थित राजनैतिक दल र सरकारी निकाय सम्मिलित एक उच्च स्तरीय टोलीले शुक्रबार जिल्लामा संचालित भौतिक पुर्वाधार निर्माणका कामहरुको स्थलगत अनुगमन गरेको ।
टोलिले जिविसको जलवायु परिवर्तन कार्यकम्रद्धारा बगनाह र नेउलापुर गाविसमा निर्माण सम्पन्न गरिएको योजनाहरु,डिभीजन सडकद्धारा बबई पुल नजिकै मर्मत गर्न लागिएको सडक र बबई सिचाई आयोजनाद्धारा निर्माणधीन पश्चिम नहरको अनुगमन गरेको हो ।
अनुगमन क्रममा जलवायु परिवर्तन कार्यक्रमद्धारा निर्माण कार्य सम्पन्न गरिएका ईन्द्र प्रावि सैनवार र नेउलापुरको डुम्रेनीमा निर्माण गरिएको पक्की बांध तथा पेरहनीमा जडान गरिएको हयुम पाईप जडान कार्यको गुणस्तरमा शंका उत्पन्न भएकाले काममा गुणस्तर भए नभएको प्राविधिकहरुले पुनः चेक जांज गर्नुपर्ने देखिएको अनुगमन टोलीमा संलग्न नेपाली कांग्रेस बर्दियाका सचिव तेजबहादुर भाटले बताउनु भयो ।
बबई सिचाई आयोजनाले निर्माण कार्य जारि राखेका पश्चिम नहर बिस्तार कार्यमा पनि ढिला सुस्ती भएको भन्दै निर्माण कार्यलाई गुणस्तरीय र छिटोछरितो बनाउन जिल्लास्थित अनुगमन टोलीले सुझाव दिएको छ ।
गत बर्ष आएको बाढीका कारण भत्किएको पुर्व पश्चिम राजमार्गको बबई रम्भापुर खण्डको सडक मर्मत कार्यमा पनि सडक डिभिजन कार्यालयले गुणस्तर कायम गर्न नसकेको र काममा ढिलासुस्ती गरेकोमा आपतिm जनाउदै सडक मर्मत कार्यमा गुणस्तरीता र तीव्रता ल्याउन सुझाव दिएको छ। सडक मर्मत गर्न भत्किएको ठांउ नजिकैबाट माटोको प्रयोग गरिएकोमा पनि टोलीले आपतिm जनाएको कांग्रेस का सचिव भाटले बताउनु भयो।
टोलीले ढुंगा गिट्टी निकासा भईरहेकोमा कुम्भ्रा र चन्दनपुरघाटको पनि अवलोकन गरेको र अवलोकनबाट चन्दनपुर घाटमा भईरहेको ढुंगा बालुवा निकासीले बगनाह र ढोढरी गाविसका केही गांउलाई असर पर्ने भएकाले ढुंगा गिट्टी बालुवा निकासी बन्द गर्न जि वि स लाई सुझाव दिएको छ ।
जिल्ला विकास समितिको समन्वयमा भएको अनुगमनमा प्रमुख जिल्ला अधिकारी बिनोदबहादुर कुंवर, स्थानीय विकास अधिकारी डिल्लीराम सिग्देल,नेपाली कांग्रेसका सचिव तेजबहादुरभाट, राप्रपाका निर्वमान अध्यक्ष मेघनाथ अधिकारी,राप्रपा नेपालका अध्यक्ष गीता बस्नेत,सदभावना पार्टीका धनेश यादव,परिवार दलका अध्यक्ष सुशील लामिछाने लगायतको सहभागिता थियो।
Comments
Post a Comment