सिडीसीसीको आयोजनामा मनाउमा स्वास्थ्य र शिक्षा सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न


पी सी एन,२९ वैशाख । जिल्ला विकास समिती बर्दियाको सहयोग तथा समुदाय विकास तथा सरोकार केन्द्र सिडीसीसी गुलरियाको आयोजनामा स्वास्थ्य र शिक्षा सम्बन्धि सचेतना कार्यक्रम बर्दियाको मनाउ गाविसमा सम्पन्न भएको छ ।
समुदाय विकास तथा सरोकार केन्द्रका अध्यक्ष सुशील लामिछानेको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा जनस्वास्थ्य अधिकृत सुिनल पाण्डे र विज्ञ संगिता श्रेष्ठले स्वास्थ्य शिक्षा सम्बन्धि प्रशिक्षण  दिनुभएको थियो । कार्यक्रम संचालन अमित के सीले गर्नुभएको र उदेश्यमाथि सचिव सुवास पोखरेलले प्रकाश पार्नुभएको हो ।कार्यक्रममा मनाउ गाविसका बिभिन्न वडाका ४५ जना महिलाहरुको  सहभागिता रहेको थियो।

Comments