भुरीगाँउमा रहेको नेपाल टेलीकमको टावर नजिकै सोमवार राति परेको ठुलो चट्याङ र भुकम्पका कारण भुरीगाँउ, ठाकुरद्धारा, कर्तनियामा नेपाल टेलिकमको फोन सेवा अवरुद्ध


पी सी एन, ३१ वैशाख जिल्लाको भुरीगाँउमा रहेको नेपाल टेलीकमको  टावर आसपास नजिक सोमवार राति परेको ठुलो चट्याङका कारण टेलीकमको मेसीनमा खरावी आएकाले भुरिगांउ क्षेत्रमा जिएसएम, सिडीएमए, ल्याण्डलाईन फोन सेवा तीनदेखि अबरुद्ध भएकोे टेलिकमले सेवा सुचारु गर्न ढिलाई गर्नाले आफन्तसँग टेलिफोन सम्पर्क गर्न स्थानीयहरु बञ्चित भएको भन्दै  तत्काल सेवा सुचारु गर्न माग गरेका छन् बैशाख २९ गते पुनः आएको भूकम्पले पनि टावरमा असर गरेकाले भुरीगाँउ, ठाकुरद्धारा, कतरनियाका बासिन्दाले आफन्तसँग फोन सम्पर्क गर्न पाएका छैनन्
फोनसँगै इन्टरनेट सेवा पनि बन्द हुँदा यस क्षेत्रका सरकारी गैर सरकारी निकाय, बैँक तथा वित्तिय सेवाका क्षेत्रमा पनि थप असर परेको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक भण्डारीले बताउनु भयो

अवरुद्ध सेवा मर्मतका लागि नेपालगंजबाट प्राविधिकको टोली आएपनि समस्या पत्ता लगाउन नसकेपछि मर्मत गर्न आएको टोली मर्मतै नगरि  त्यतीकै  फर्कीएको

Comments