प्रशासनद्वारा चेपांगमा संचालित घुम्ती शिविरबाट सयौ लाभान्वित, दोस्रो चरणको शिविर ९र १०गते पशुपतिनगरमा हुंदै
पी सी एन,३ जेठ। राज्यबाट प्रदान गरिने सेवाहरुनागरिकलाई जनताको घरदैलोमा नै उपलब्ध गराउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय बर्दियाले पहिलो चरणमा सदरमुकामबाट टाढाको दुरीमा रहेको बांसगढी नगरपालिका वडा नं १ चेपांग बस्तीमा शनिवार घुम्ति सेवा शिबिर सम्पन्न गरेको छ। शिविरबाट सयौ सर्वसाधरणहरु लाभान्वित भएका छन्।
नेपाल राष्ट्रिय निमावि परिसरमा आयोजित शिविरको प्रमुख जिल्ला अधिकारी बिनोदबहादुर कुंवरले नागरिकता प्रमाण पत्र प्रदान गरेर शुभारम्भ गर्नुभयो।शिविरको समापन कार्यक्रममा क्षेत्रीय प्रशासनक विजयकुमार मल्लिकको समेत उपस्थिति रहेको थियो ।
सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले पी सी एनलाई दिएको जानकारी अनुसार शिविरमा जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराएको नागरिकता वितरण सेवाबाट ८२ जना लाभान्वित भएका छन् । जि वि स ले संचालन गरेको बालमैत्री स्थानीय शासन सम्बन्धि सचेतनाबाट दुइ समुहमा गरि ७०जना ,जिल्ला स्वास्थ्य कार्यालय र नेपाली सेनाले संचालन गरेको बिरामी जांच,स्वास्थोपचार, परामर्श र औषधी बितरणबाट १सय ५९ जना, जिल्ला पशु सेवा कार्यालयको पशु उपचार सेवाबाट २सय जना लाभान्वित भएका छन् ।
यस्तै जिल्ला निर्वाचन कार्यालयको फोटो सहितको मतदाता नामावली संकलन सेवाबाट ८६जना,महिला तथा बालबालिका कार्यालयको अंपांग परिचय पत्र बितरण सेवाबाट २४जना, जिल्ला कृषि विकास कार्यालयको माटो परीक्षण सेवाबाट १सय ७३जना,हाते पंखा बितरणबाट ८जना र धानको बीउ बितरण सेवाबात १सय ७३जना लाभान्वित भएका छन् ।
खानेपानी सव डिभीजन कार्यालयले संचालन गरेको हात धुने डेमो प्रर्दशनबाट ४सय ५१जना र पियुस बितरणबाट ३सय जना र रेडक्रसले संचालन गरेको आंखा उपचार सेवाबाट ९२जना,कान उपचार सेवाबाट ३३जना ,जिल्ला आर्युवेद कार्यालयले गरेको स्वास्थ्य जांच एंव उपचार सेवाबाट १सय ८६जना लाभान्वित भएका सहायक प्रजिअ पौडेलले पी सी एनलाई बताउनु भयो ।
शिविरमा नेपाल प्रहरी ,सशस्त्र प्रहरी , नेपाली सेना र सामुदायिक प्रहरीका अधिकृत एंव जवानहरुले शिविरको सुरक्षा र सर्वसाधरणलाई सहज र छिटोछरितो पंहुच बढाउने काम गरेका थिए ।
घुम्ती सेवा सकिए लगतै सेवाको प्रभावकारिता बुझन सार्वजनिक सुनुवाई कार्यक्रम पनि संचालन गरिएको थियो। सो सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीयले घुम्ती शिविर आफुहरुलाई निकै फदायी भएको बताएका थिए । शिविर संचालन कार्यक्रममा पुग्नु भएका क्षेत्रिय प्रशासक मल्लिक र प्रजिअ कुंवर समक्ष चेपांगबासीले सिचाइको भरपर्दो सुविधा उपलब्ध गराउन, ऐलानी जग्गामा बसेकाहरुलाई लालपुर्जा बितरण र बाढी प्रभावितहरुलाई पुर्नस्थापना एंव सहयोग उपलब्ध गराउनु पर्ने लगायतका मांग अघि सारेका थिए।
सम्बन्धित कार्यालयले आफनो वार्षिक कार्यक्रमबाट खर्च व्योहर्ने गरि संचालन गरिएको सो घुम्ती शिविर संचालनको क्रममा सरोकारवाला निकायले चेपांग बजारमा बिक्री बितरणका लागि खाधान्न लगायतका सामाग्रीहरुको अनुगमन समेत गरेको थियो ।
दोस्रो चरणमा बर्दिया निर्वाचन क्षेत्र नं ४ कोे पशुपतिनगर गाविसको पशपति उच्च मावि परिसरमा जेठ ९र १०गते घुम्ती शिविर संचालन गर्न लागिएको प्रशासनले जनाएको छ ।
Comments
Post a Comment