पी सी एन,३जेठ। घर निर्माणका लागि ३५सट्टा ७५ घनफिट काठ र घर निर्माणको लागि १०हजारको सट्टा ५०हजार रकम उपलब्ध गराउनु पर्ने लगायतका मांग राखि बर्दियाका मुतm कमैयाहरुले आईतबार सदरमुकाम गुलरियामा दवाब —याली निकालेका छन्।
बसपार्कस्थित आंप बगियाबाट शुरु भएको दवाब —याली जिल्ला प्रशासन ,भुमिसुधार कार्याालय हुदै जिल्ला वन कार्यालय अगाडि पुगि कोणसभामा परिणत भएको थियो ।
मुतm कमैया समाजका अध्यक्ष पञ्चराम थारुको अध्यक्षतामा सम्पन्न कोण सभालाई समाजका उपाध्यक्ष नारायण थारु,क्षेत्रिय सदस्य पल्टु थारु,कमैया महिला जागरण समाजकस सदस्य रामकृष्णी थारु लगायतका कमैया नेताहरुले सम्बोधन गर्नु भएको थियो ।
—यालीलाई सम्बोधन गर्दे मुतm कमैया समाजका अध्यक्ष पञ्चराम थारुले राज्यको लगतमा छुट भएका र राज्यबाट जग्गा नपाएका कमैयाहरुले बाध्यताले वन क्षेत्रमा घर बनाई बसेको अवस्थामा उनीहरुलाई जानकारी नै नदिई र बैकल्पिक व्यवस्था नगरि जर्बजस्ती रुपमा हटाउन खोजिएको र उनीहरुको घर भत्काउन खोजिएकोमा आपतिm जनाउनु भएको छ ।
उंहाले भुमिसुधार कार्यालयले घर निर्माणका लागि ३५ घनफिट काठ उपलब्ध गराउने भन्दै जिल्लामा रहेका ११हजार २सय ६२ मुतm कमैयाहरुबाट जनही १हजार ८सय देखि ५हजार ४सय रुपियासम्म रकम काटने गरेको भएपनि हालसम्म २हजार २सय मुतm कमैयाले मात्र काठ पाएको भन्दै तत्काल सबै कमैयाहरुलाई काठ उपलब्ध गराउनु पर्ने बताउनु भयो ।
घर निर्माणका लागि मुतm कमैयालाई प्राप्त १०हजार रकम मध्ये काठको कटान,मुछान र ढुवानीको लागि जिल्ला वन कार्यालयको खातामा रकम जम्मा गर्ने भन्दै भुमिसुधार कार्यालयले प्रत्येक मुतm कमैयासंग रकम काटेर बांकी रकम भुतmानी दिन्छ तर अहिलेसम्म सबैले काठ पाएका छैनन् ः अध्यक्ष थारुले भन्नुभयो ।
Comments
Post a Comment